नेपालले इङ्ल्यान्डसँग मैत्री फुटबल खेल्ने
बुधबार, ०८ माघ २०७६, १४ : २३
काठमाडौं । नेपालले इङ्ल्यान्डको ‘सी’ टोलीसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । नेपाल र इङ्ल्यान्डको ‘सी’ अर्थात् यू–२३ टोलीबीच आगामी मार्च र मे मा दुईवटा मैत्रीपूर्ण खेल खेलिने सम्झौतापत्रमा बुधबार एन्फा मुख्यालय सातदोवाटोमा हस्तक्षर भएको छ ।
मैत्री खेल लगायतका विषयमा छलफल र हस्ताक्षर गर्न दुई दिनअघि इङ्ल्यान्ड फुटबल संघका प्रतिनिधि एन्ड्री सा र लाउरेन जोन्स नेपाल आएका थिए । सम्झौतापत्रमा बुधरबानै अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा र इङ्ल्यान्डका प्रतिनिधिले हस्तक्षर गरेका हुन् । होम एन्ड अवेका आधारमा हुने खेलमा पहिलो खेल इङ्ल्यान्डमा मार्च २५ मा हुनेछ ।
त्यसपछि इङ्ल्यान्डले मे मा नेपालसँग दशरथ रंगशालामा खेल्नेछ । इङ्ल्यान्डले एन्फासँग मिलेर नेपालको ग्रासरुट फुटबलमा सहयोग गर्ने पनि जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
-
स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने