काँग्रेस केन्द्रीय समिति बैठकः पुस ११ गते भएका यी निर्णय सच्याइँदै
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समिति बैठक सोमबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्दैछ ।
बैठकमा शुक्रबार शीर्ष नेताहरुबीच भएको सहमति अनुसार एजेण्डा तय गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले रातोपाटीलाई जानकारी दिए ।
सभापति शेरबहादुर देउवा निवासमा शुक्रबार शीर्ष नेताहरुबीच भएको छलफलमा महाधिवेशन तोकिएकै समयमा गर्ने र तल्ला तहको अधिवेशनको मिति केही हेरफेर गर्ने सहमति भएको छ ।
नेताहरुबीच सभापति देउवाको प्रस्तावमा बढाइएका विभागहरुका विषयमा पनि सहमति जुटेको छ ।
गत पुस ११ मा केन्द्रीय समिति बैठकले बहुमतका आधारमा गरेको निर्णय अनुसार काँग्रेसभित्र ४७ वटा विभाग राख्ने निर्णय यथावत् रहनेछ । ११ पुसमा भएका निर्णयमा हेरफेर हुने विषय आजको बैठकको एजेण्डा भएको शर्माको भनाई छ ।
उनले भने, ‘शीर्ष नेताहरुबीच शुक्रबार भएको सहमति अनुसार महाधिवेशनको तिथि मिति नसर्के गरी अरु केही विषयमा हेरफेर हुन्छ । जुन विषय सच्याउनु पर्दैन, त्यो विषय फेरी आज बैठकमा प्रवेश हुँदैन । पुस ११ गतेको निर्णय यथावत रहन्छ ।’
तर संस्थापन इतर पक्षले केन्द्रीय महाधिवेशन विषयमा एकलौटी निर्णय भएको भन्दै त्यही मितिमै भएपनि सहमतिबाट केन्द्रीय समितिले निर्णय लिनु पर्ने बताउँदै आएका थिए । गत मंसिर देखि केन्द्रीय समिति बैठकमा अनपस्थिति संस्थापन इतर पक्ष पनि आजको बैठकमा सहभागी हुनेछ । आजको बैठकमा महाधिवेशन गर्ने मिति यतावत् राखेर तल्लतो तह कार्यतालि र कार्यविधिको संशोधन प्रस्ताव पेश हुनेछ।
शुक्रबार बसेको शीर्ष नेताले बैठकले महाधिवेशनको कार्यतालिका र कार्यविधि परिमार्जन गरी प्रस्ताव पेश गर्न महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का साथै नेताहरु रमेश लेखक र मिनेन्द्र रिजाल लाई जिम्मेवारी दिएको थियो।
काँग्रेसमा भदौमा स्थानीय अधिवेशन गर्ने गरी कार्यतालिका संशोधनको तयारी भएको छ ।
११ पुसमा बसेको केन्द्रीय समिति बैठकले ०७७ मंसिरमा स्थानीय अधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको थियो ।
विधानका दफा निलम्बनको निर्णय पनि हेरफेर हुने छ । तर केन्द्र र प्रदेश अधिवेशन हुनु एक वर्षअघि नै स्थानीय तहका सबै अधिवेशन सम्पन्न गर्नुपर्छ भन्ने विधानको उक्त प्रावधान निलम्बन भने यथावत रहनेछ ।
आजको बैठकमा १३ औँ महाधिवेशनको सदर क्रियाशील सदस्यताको नामावलीको हार्ड र सफ्ट कपी उपलब्ध गराउनुपर्ने पौडेल पक्षको सुनाइ हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण