तराईका विमानस्थलहरुको स्तरोन्नतीका लागि विशेष योजना
काठमाडौं । नेपाल सरकारले तराई क्षेत्रका विभिन्न विमानस्थलहरुको स्तरोन्नतीका लागि विशेष योजना अघि सारेको छ । सातवटै प्रदेशका तराईका जिल्लामा अवस्थित विमास्थलको स्तरोन्नतीका लागि सरकारले विशेष योजना अघि सारको हो । विराटनगर, नेपालगञ्ज, चन्द्रगढी विमानस्थलको स्तरोन्नतीका लागि सरकारले योजना अघि सारेको हो । त्यसैगरी धनगढी, भरतपुर, जनकपुर र राजविराजको स्तरोन्नतीका लागि पनि सरकारले काम गर्नेछ । विराटनगर विमानस्थलको स्तरोन्नतीका लागि ४ अरब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
जग्गा अधिग्रहणाकलागि समेत सोही बराबरको रकम लाग्ने अनुमान गरिएको छ । यस्तै नेपालगञ्ज विमानस्थलका लागि ४ अरब र जग्गा अधिग्रहणका लागि ३ अरब खर्च हुनेछ । यसैगरी चन्द्रगढी विमानस्थल स्तरोन्नतीका लागि ३ जग्गा अधिग्रहण गर्न ३ अरब र विमानस्थल निर्माणका लागि २ अरब लाग्ने अनुमान गरिएको छ । धनगढी विमानस्थलको स्तरोन्नतीका लागि २ करोड रुपैयाँ र जग्गा अधिग्रहणमा साढे ४ अरब खर्च हुने अनुमान गरिएको छ । यसैगरी भरतपुर विमानस्थलको रनवे ओभरलेको काम अन्तिम चरणमा पुगेको छ ।
१० करोड रुपैयाँको रकम विनियोजन गरिएको छ । यसैगरी जनकपुर विमानस्थलको स्तरोन्नतीको काम पनि अन्तिम चरणमा पुगेको छ । परियोजनामा कुल ३७ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यस्तै राजविराज विमानस्थल निर्माणमा ६० करोड र जग्गा अधिग्रहणमा साढे १ अरब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सम्पूर्ण विमानस्थलहरुको स्तरोन्नतीका लागि ५ वर्षको समयावधि तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण