चुम्बन गर्दै जिब्रो चुडाल्ने महिला पक्राउ

अमेरिकाको मिचिगनको म्याकोम्ब काउन्टिमा एकजना ५२ वर्षीया महिला युलेत्ते वेजवर्थलाई आक्रमक दुर्व्यवहार गरेको अभियोग लगाइएको छ । तिनले आफ्नो इच्छाविपरीत चुम्बन गरेको भन्दै एकजना पुरुषको एक इन्च जिब्रो छोकेर चुँडाइदिएको प्रहरीले जनाएको छ ।
प्रहरीले एउटा अपार्टमेन्टको शयन कक्षमा फेला पारेको सो जिब्रोको टुक्रा ती पीडितको जिब्रोमा डाक्टरले प्रत्यारोपण गरेका छन् । मिचिगनका वकिलहरुले डेट्रोइट निवासी ती महिलाले चुम्बन गर्दा जिब्रो प्रयोग नगर्न ती पुरुषलाई आग्रह गरेको बताएका छन् ।
यो घटना गत २८ जनवरीमा भएको बताइएको छ । मिचिगनको सेन्टर लाइन स्थित ती पीडित पुरुषको कोठामा आपसी सहमतिमै चुम्बनको कार्य सुरु भए पनि महिलाले जिब्रो प्रयोग नगर्न भनेकी थिइन् । वेजजर्थले चुम्बन गर्दा आफ्नो मुखभित्रको जिब्रो राखेपछि ती पुरुषलाई यसो नगर्न भन्दै चुम्बन कार्य रोकेकी थिइन् ।
तर पुनः चुम्बन गर्दा उनले पहिलेकै गल्ती दोहोर्याएपछि वेजवर्थले रिसाएको टोकेको बुझिएको छ । उनलाई यस अपराधबापत् अधिकतम १ वर्ष कैद र एक हजार अमेरिकी डलर जरिवाना हुने बताइएको छ । उनी अहिले २५ हजार डलर जमानतमा रिहा भएकी छिन् ।
यो खबर आजको नेपाल समाचारपत्रले एजेन्सीको सहयोगमा लेखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री संसद्मा हुनु र नहुनुले केही फरक पर्दैन : सांसद सिंह
-
गैरआवासीय नेपाली सङ्घलाई प्रधानमन्त्रीको आग्रह : एकताबद्ध, मर्यादित र उद्देश्य केन्द्रित हुनुस्
-
सिटामोल तथा जीवनजल खरिदका लागि पत्राचार
-
पूर्वडीआईजी जोशीको मुद्दा हेर्न नमिलेपछि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट पनि ‘हेर्न नमिल्ने’
-
अर्थमन्त्री पौडेल छलफलमा उपस्थित नभएको भन्दै आपत्ति
-
आगलागी भएको मखनमा सुनिता : ग्यास कम्पनीहरूको प्रभावकारी अनुगमन गर्ने