देउवासँग पश्चिम सेती अभियन्ताको भेट, संसदमा कुरा उठाउने प्रतिवद्धता
आइतबार, २६ माघ २०७६, १३ : ३०
काठमाडौं । सुदूरपश्चिम प्रदेशस्थित पश्चिम सेती जलविद्युत् परियोजनाको निर्माण कार्यअघि बढाउन माग गर्दै अभियान चलाइरहेका अभियन्ताले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।
काठमाडौं केन्द्रित अभियान चलाइरहेको ‘बोलन्या थली धनगढी’का अभियान्ताले आइतबार विहान देउवा निवास बूढानीलकण्ठ पुगेर पश्चिम सेतीका लागि आवाज उठाउन उनलाई आग्रह गरेका हुन् ।
देउवालाई भेटेर पश्चिम सेतीबारे आवाज उठाउन माग गरिएको बोलन्या थली धनगढीका संयोजक यादव जोशीले बताए ।
भेटमा देउवालाई अनुरोधपत्र समेत बुझाइएको छ । यसअघि बोलन्या थलीले पश्चिम सेतीका लागि माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल कार्यक्रम गरिसकेको छ ।
पश्चिम सेतीको अन्योलका कारण स्थानीय गाउँहरू विकासबाट वञ्चित रहेको गुनासो बढ्दो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको तयारी खेलमा इंग्ल्याण्डको विजयी सुरुवात
-
विश्वकपअघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाद्वारा होन्डुरस पराजित
-
पोखरामा चोरी गर्दागर्दै काभ्रेका युवक रङ्गेहात पक्राउ
-
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
-
कास्कीमा प्रहरीको ‘स्वीप अप्रेसन’, ४० सवारी साधन कारबाहीमा
-
न्याय पाउने आशासहित मातृभूमि फर्किएको छु : धुर्मुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण