शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

चन्द समूहका जिल्ला सेक्रेटरी पक्राउ

आइतबार, ०४ फागुन २०७६, १२ : ०२
आइतबार, ०४ फागुन २०७६

 नेत्रविक्रम चन्द समूहका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी भुवनसिंह तामाङ पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय धुलिखेलको गस्ती टोलीले तामाङलाई धुलिखेल नगरपालिका–७ सरस्वती बजारबाट शुक्रबार बेलुका पक्राउ गरेको हो ।

सरस्वती बजारमा शङ्कास्पद रुपमा फेला पारेको र सोधपुछको क्रममा होहल्ला गरी स्थानीयबासिन्दालाई असर पर्ने गरी अपशब्द प्रयोग गर्दै गस्तीमा खटिएका प्रहरीमाथि अभद्र ब्यवहार गरेपछि पक्राउ गरिएका तामाङ चन्द समूहका जिल्ला सेक्रेटरी भएको प्रहरीले जनाएको छ । 

मेलम्ची नगरपालिका–९ का तामाङलाई अभद्र ब्यवहारअन्तर्गत कारवाही हुने जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख रविकुमार पौडेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप