सदस्य हेरफेरका लागि बागमती प्रदेशसभा बैठक शनिबार ११ बजे बस्ने
हेटौँडा । बागमती प्रदेशसभा बैठक शनिबार बिहान ११ बजेका लागि आह्वान गरिएको छ । प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले शनिबार बिहान ११ बजेका लागि संसद बैठक आह्वान गरेका हुन् ।
संसदीय समिति सभापति निर्वाचनका लागि नवगठित एक समितिमा सदस्यहरुको नाम अनुमोदन गर्नुपर्ने भएकाले बैठक आह्वान गरिएको हो । बैठकमा नवगठित प्रदेश विषेशाधिकार समिति गठन प्रस्तावसहित १७ जना सदस्यको नाम मनोनयन गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौंडाले जनाएको छ ।
त्यस्तै बैठकले उद्योग पर्यटन तथा वातावरण समितिमा सदस्यहरु हेरफेरका लागि कार्यसूची राखेको छ । प्रदेशको संसदीय समितिमा राजनीतिक भागबण्डाका लागि शुक्रबार साँझ मुख्य ५ दलबिच सहमति बनेसँगै प्रदेशसभामा ६ वटा समितिहरु बनाउने निर्णय भएको थियो ।
शुक्रबार बागमती प्रदेश संसद् सचिवालयमा बसेको कांग्रेस, माओवादी केन्द्र, एमाले, राप्रपा र एकीकृत समाजवादीका संसदीय दलका नेताहरुको बैठकले प्रदेश विशेषाधिकार समिति गठन गर्ने सहमति गरेको थियो भने संसदीय समितिको भागबण्डा समेत टुंग्याएको थियो । जसअनुसार कांग्रेसले २ र नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राप्रपा र नेकपा एकीकृत समाजवादी एक– एक वटा समितिको नेतृत्व लिने सहमति भएको थियो ।
कांग्रेसले प्रदेश मामिला समितिमा छिरिङ दोर्जे लामालाई उम्मेदवार बनाएको छ भने सार्वजनिक लेखा समितिमा श्रीराम लामिछानेलाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले ठाकुरप्रसाद ढकाललाई शिक्षा स्वास्थ्य तथा कृषि समितिको सभापति बनाएको छ भने राप्रपाले नुरज बज्रचार्यलाई आधिकारिक रुपमा अर्थ तथा विकास समितिको सभापतिको उम्मेदवार बनाएको छ ।
उद्योग पर्यटन तथा वातावरण समिति र प्रदेश विशेषाधिकार समितिको सभापतिमा भने शनिबार निर्वाचन प्रक्रिया अघि बढाउने गरी अघि बढाइएको छ । उद्योग पर्यटन तथा वातावरण समितिको एमालेको भागमा परेको छ भने एमालेले सो समितिको सभापतिमा रामेछापका आनन्द मोहन श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । सांसद श्रेष्ठ प्रदेश मामिला समितिको सदस्य रहेकाले उनको समिति हेरफेर गरी सभापति चयन गर्ने तयारी गरिएको छ ।
प्रदेश विशेषाधिकार समितिको सभापतिमा एकीकृत समाजवादीकी मायादेवी शर्मालाई सभापति बनाउने तयारी गरिएको छ । सो समितिमा प्रदेशसभा बैठकबाट सदस्यहरु अनुमोदन गरी उनलाई सभापति चयन गर्ने तयारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण