अनमोलसँग ‘फर्की फर्की’ मा काम गर्न पाएकाेमा खुसी रवि
काठमाडौँ । फिल्मको व्यवसाय गिर्दो भएपनि अभिनय प्रति आकर्षण भने बढ्दो छ । डाक्टर, इन्जिनियर, पाइलट समेत यो पेसामा भित्रिन थालेका छन् । केही अगाडि प्रदर्शनमा आएको फिल्म ‘उपहार’ मार्फत पाइलट समर्पण जङ्ग कार्कीले अभिनय डेब्यु गरेका थिए । अहिले फिल्म ‘फर्की फर्की’ मार्फत इन्जिनियर रवि काफ्ले डेब्यु गरेका छन् । फिल्ममा उनले अभिनेता अनमोल केसीको साथी ‘सुवास’ को भूमिका निर्वाह गरेका छन् ।
रविले अडिसन मार्फत फिल्ममा छानिएका हुन् । ‘म पेसाले इन्जिनियर भए पनि सन् २०१७ देखि हामीले विज्ञापनमा काम गरिरहेको थिए’, उनले भने ‘ बाल्यकालदेखि नै फिल्मप्रति रुचि थियो । त्यसैले फिल्ममा आए ।’ यस अगाडि म्युजिक भिडियो समेत अभिनय गरिसकेको उनले बताए ।
रविका अनुसार फिल्ममा उनको चरित्र मिलनसार, राम्रो काम मात्र गर्ने, कसैलाई गलत नगर्ने र कोहीले गलत गर्न खोज्न भने उसलाई सम्झाउने किसिमको छ । ‘फिल्ममा म्याडी पात्र अर्थात अनमोललाई सम्हाल्ने चरित्र छ’, उनले थपे ‘फिल्ममा अभिनय गर्ने इच्छा थियो । तर सुरुमै अनमोलसँग काम गर्न पाए । म लक्की रहेछु ।’ अनमोलसँग अभिनय गरिरहँदा उनी केही समय नर्भस भएको उनले सुनाए । भन्छन् , ‘अनमोलको सपोर्टले पनि ममा भएको नर्भस हरायो । हामी फिल्मको दृश्य सुटिङ अघि छलफल गर्थ्यौ ।’
फिल्म रिलिज मिति नजिकिँदै गएपछि रवि उत्साहित छन् । फिल्म विश्वभरका दर्शकले एकसाथ हेर्न पाउनेछन् । फिल्म रिलिज हुँदै गर्दा आफ्नो पात्रप्रति दर्शक प्रतिक्रिया कस्तो होला भन्ने कौतुहलता उनमा छ ।
रविको बुझाइमा ‘फर्की फर्की’ युवाहरूको कथा हो । मित्रतामा कतिपय कुराहरू अव्यक्त हुने भएकाले त्यो भावनालाई खोज्ने माध्यम नै यो फिल्म रहेको रविको बत्ताउँछन् ।
रोहित अधिकारीको निर्माण र सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म ‘फर्की फर्की’मा रवि र अनमोलको अलावा जसिता गुरुङ, निर्मल शर्मा, लोकेन्द्र लेखक, सलोन बस्नेत, रवि काफ्ले र समृद्धि अर्याललगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
-
गण्डकी प्रज्ञा–प्रतिष्ठानको नियुक्तिविरूद्ध रिटमा कारण देखाऊ आदेश
-
१० बजे १० समाचार : कांग्रेस विवाद फेरि सर्वोच्चमा, वैदेशिक व्यापारमा नयाँ रेकर्ड
-
'सेयर खरिदविक्री रोक्नु विदेशी लगानी कानुन तथा द्विपक्षीय सम्झौता वर्खिलाप'
-
नेदरल्यान्ड्सँग पनि पराजितः बलर र ब्याटर दुवै फ्लप
-
३ वर्षीय बालक मृत्यु प्रकरण : साइकलले किचेपछि आत्तिएर पोखरीमा शव फाल्ने बालबिज्याँईकर्ता पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण