६ महिनामा पूँजीगत खर्च १९ प्रतिशत, सांसदहरुको असन्तुष्टि
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा पूँजीगत खर्च १९ प्रतिशतमात्र रहेको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका छन् ।
बुधबार बसेको अर्थ समितिको बैठकमा सांसदहरुले अर्थ मन्त्रालय तथा राष्ट्रिय योजना आयोगको कार्यप्रति असन्तुष्टि जनाएका हुन् ।
सांसदहरुले सरकार शक्तिशाली भए पनि पहिलेकै कार्य प्रणाली र पद्धतिबाट बाहिर आउन नसकेको आरोप लगाए ।
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्राथमिकताका आधारमा आयोजना छनोट गर्न नसकेको टिप्पणी गरे । विकासका योजनाहरु बनाउन योजना आयोगकै भूमिका नदेखिएको उनको भनाइ थियो ।
सांसद सुरेन्द्र पाण्डेले आयोजनाहरुको छनोट विदेशीहरुका लागि ‘सोकेश’ बनाउन हो या साँच्चै नै विकास गर्न बनाइएको हो भन्ने प्रश्न गरे ।
अनावश्यक आयोजनालाई समेत राष्ट्रिय गौरवका आयोजनामा समावेश गरिएको भन्दै उनल असन्तुष्टि जनाए ।
बैठकमा राष्ट्रिय योजना आयोगले चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति विवरण पेश गरेको थियो ।
आयोगले ६ महिनाको अवधिमा कुल विनियोजित बजेटको १९.३३ पूँजीगत खर्च र चालु खर्चतर्फ ४०.३३ प्रतिशत खर्च भएको तथ्यांक पेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण