आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
अर्थ

सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो

आइतबार, ३१ जेठ २०८३, १० : ५४
आइतबार, ३१ जेठ २०८३

सारांश

  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ।
  • आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको छ।
  • आज चाँदीको मूल्य प्रतितोला ४ हजार ८९५ रुपैयाँ पुगेको छ।

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार, जेठ महिनाको अन्तिम दिन आइतबार सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेको छ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको छ। यसअघि गत जेठ २९ गते सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५१ हजार ३७० रुपैयाँ निर्धारण गरिएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदीको मूल्य प्रतितोला ४ हजार ८९५ रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन जेठ २९ गते चाँदी प्रतितोला ४ हजार ८४० रुपैयाँमा स्थिर रहेको थियो। आज चाँदीको मूल्यमा ५५ रुपैयाँको बढोत्तरी देखिएको छ। महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार १९७ रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपालमा महासंघले दैनिक रूपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ। प

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप