राससलाई प्रतिस्पर्धी बनाउन संरचनात्मक सुधारको आवश्यकता छ: सचिव सुवेदी (भिडियो)
काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले राष्ट्रिय समाचार समितिलाई प्रतिस्पर्धी बनाउन संरचनात्मक सुधारको आवश्यकता औल्याएका छन् । प्रतिस्पर्धामा जानका लागि संरचनागत सुधार, कानूनी सुधार र प्रकृयागत सुधार आवश्यक रहेको उनले बताएका छन् ।
सचिव सुदेवीले बजारमा आफ्नो विश्वास कायमै राख्न सेवालाई सुदृढिकरण गरी अगाडी बढ्नुपर्नेमा जोड दिए । उनले राससभित्र देखिएका समस्याहरु समाधानका लागि आफुले प्रयास गर्ने बताएका छन् । संस्थागत विकासका लगि प्रविधिको किास र कर्मचारीको वृति विकास, कर्मचारीको मनोबल उच्च राख्न सक्नुपर्ने उनले बताए ।
राससका महाप्रवन्धक उपेन्द्र शर्माले स्रोध सधानको अभावमा कर्मचारीहरुलाई सेवा, सुविधा दिन नसकिएको बताए । आधारभूत तालिम दिन नसकिएको, आवश्यक सञ्चार उपकरण तथा मोटरसाइकलको व्यवस्थागर्न नसकिएको गुनासो उनले गरे । भूकम्पपछि रासस जिर्ण भवनबाट दैनिक कार्य सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।
आगामी आर्थिक वर्षको बजेटबाट यी समस्या समाधानका हुने विश्वास लिएको उनले बताए । राससको ५९ औं वार्षिकोत्सवका अवशरमा बुधबार विशेष कार्यक्रमको आयोजना गरिएको हो । वार्षिकोत्सवमा विभिन्न विधामा राससका कर्मचारी तथा पत्रकारहरुलाई सम्मानित समेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
-
स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने