केन्द्रीय संस्करण

प्रियंकालाई आयुष्मानको टक्कर (रमाइलो फोटोफिचरसहित)

person explore access_timeफागुन ११, २०७६ chat_bubble_outline0

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज श्रेष्ठ जोशीले फागुन १५  मा लगनगाँठो कस्दै छन् । करिब एक वर्षअघि इन्गेजमेन्ट गरेको यो जोडीको विवाहले मनोरञ्जन बजार तातेको छ ।

प्रियंका कार्की आफ्ना पाँचजना ‘लेडी ग्याङ्ग’ लिएर थाइल्याण्डमा ब्याचलोरेट पार्टी मनाउन पुगेकी थिइन् । त्यतिबेला उनीहरुले सोसल मिडियामा पोष्ट गरेका तस्बिर तथा भिडियोले अत्यधिक चर्चा बटुलेको थियो ।

अब अहिले आयुष्मान देशराज आफ्ना पाँचजना साथीसहित पोखरामा ब्याचलर्स पार्टी मनाइरहेका छन् ।

आयुष्मानले आफ्नो इन्स्टाग्राम अकाउन्टमा जुन तस्बिर पोष्ट गरिरहेका छन् ती निकै रमाइला छन् । रमाइला यसकारण कि आयुष्मानसहित उनका साथीहरुले प्रियंकाका ब्याचलोरेट पार्टीका केही तस्बिर ‘रिक्रिएट’ गरेका छन् । अहिलेसम्म उनीहरुले पाँचवटा तस्बिर रिक्रिएट गरेका छन् जुन हेर्दा निकै फन्नी छन् ।

यसमा उनीहरुले प्रियंका र उनका साथीहरुले जे गरेका छन्, त्यो हुबहु नक्कल गर्ने कोसिस गरेका छन् ।

तस्बिर पोष्ट गर्दै आयुष्मानले कसले राम्रो गर्‍यो भन्दै प्रश्न पनि सोधिरहेका छन् ।

प्रियंकाले आयुष्मानका तस्बिरले आफ्नो अभ्यास भंग भएको बताएकी छिन् । उनले लेखेकी छिन्, ‘म आफ्ना साथीहरुसँग संगीतको प्राक्टिस गरिरहेको थिएँ र हामीले यो देख्यौं ! मलाई विश्वास गर्नुहोस्, एकछिन प्राक्टिस भंग भयो ।’

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.