अडियो काण्डमा बाँस्कोटासँगै अन्यमाथि पनि छानबिन गर्नुपर्छ : सभापति देउवा
बुटवल । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रसका सभापति शेरबहादुर देउवाले कमिसन प्रकरणमा निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटासँगै अन्यमाथि पनि छानविन गनुपर्ने बताएका छन् ।
रुपन्देहीमा राष्ट्रियसभा साँसद स्व.दुर्गाप्रसाद उपाध्यायको शोकसभामा सभापति देउवाले सार्वजनिक भएको अडियोमा गोकुल बास्कोटा एक्लैले भ्रष्टाचार गर्ने नसक्ने भन्दै अरुको पनि संलग्नता रहेको आरोप लगाएका हुन ।
अडियो काण्डबाट सरकारले गरिरेको भ्रष्टाचारको पर्दाफास भएको भन्दै भ्रष्ट सरकारविरुद्ध काँग्रेस एक ढिक्का भएर आन्दोलनमा उत्रिर्ने बताए । यस्तै केपी ओली सरकार लम्पसारवादमा परिणत भएको भन्दै राष्ट्र र राष्ट्रियता जोगाउने जिम्मेवारी काँग्रेसको काँधमा आएको देउवाले बताए ।
कार्यक्रममा काँग्रेस संसदीय दलका सचेतक बालकृष्ण खाँडले झुक्किएर जनताले कम्युनिष्टलाई सत्तामा पुरयाउँदा लोकतन्त्र मासिने खतरा बढ्दै गएको बताए ।
दुईतिहाई बहुमत दम्भमा सरकार एक पछि अर्को काण्डमा फस्दै गएको बताए । अर्को चुनावमार्फत लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी प्रमुख प्रतिपक्षी दल काँग्रसको काँधमा जनताले सुम्पेको बताए ।
संघीय संसद अन्तगर्त सार्वजनिक लेखा समिती संयोजक भरतकुमार शाहले सरकारले गरेको भ्रष्टाचारको लेखाजोखा आफूले राखेको बताए । उनले उक्त लेखाजोखा जनता समक्ष सार्वजनिक भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको तयारी खेलमा इंग्ल्याण्डको विजयी सुरुवात
-
विश्वकपअघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाद्वारा होन्डुरस पराजित
-
पोखरामा चोरी गर्दागर्दै काभ्रेका युवक रङ्गेहात पक्राउ
-
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
-
कास्कीमा प्रहरीको ‘स्वीप अप्रेसन’, ४० सवारी साधन कारबाहीमा
-
न्याय पाउने आशासहित मातृभूमि फर्किएको छु : धुर्मुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण