मगर दिवसमा पाल्पामा फागुन १५ गते सार्वजनिक बिदा
पाल्पामा मगर समुदायको बाक्लो बसोवास रहेका गाउँपालिका तथा नगरपालिकामा फागुन १५ गते सार्वजनिक बिदा हुने भएको छ । पाल्पा जिल्ला मगर करिब ५२ प्रतिशत मगर जनजातिको बसोवास रहेको जिल्ला हो ।
मगरको संस्कृतिको संरक्षण सम्वद्र्धन गर्दै उनीहरुले मनाउने पर्वका रुपमा जिल्लाको रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका तथा तिनाउ गाउँपालिकाले सूचना प्रकाशित गरेर बिदा गर्ने जनाएका छन् । ३८ औँ मगर दिवसलाई सफल बनाउन निस्दी गाउँपालिका–४ मित्याल झ्याल्टुङमा विशेष कार्र्यक्रम गर्ने तथा विभिन्न वडामा रहेका मगर संस्कृतिमा आधारित झाँकी प्रदर्शन गर्ने गाउँपालिकाका प्रवक्ता मेखबहादुर सुनारीले जानकारी दिए ।
निस्दीमा ८७ प्रतिशत मगर समुदायको बसोवास छ । मगर दिवसका अवसरमा रामपुरमा पनि भव्य मगर समुदायले विगतमा जस्तै भव्य कार्यक्रम गर्ने जनाएको छ । मगरको भाषा, कला तथा संस्कृतिको संरक्षण सम्वद्र्धन गर्दै रामपुर मगर सङ्घ तथा एकीकृत मगर उत्थान समाजले कार्यक्रम गर्ने सङ्घका कार्यवाहक अध्यक्ष दुर्गादेवी रानाले जानकारी दिए ।
पछिल्लो विभिन्न कारणले लोपउन्मुख रुपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउर, कौडा लगायतका लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगरभाषा, तथा सांस्कृतिक ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी दिलाउन पनि दिवसले ठूलो भूमिका खेल्ने एकीकृत मगर उत्थान समाज रामपुरका अध्यक्ष रामबहादुर थापा हिस्कीले बताए।
८४ प्रतिशत मगरको बस्ती रहेको पूर्वखोलामा पनि सार्वजनिक बिदा दिने सूचना प्रकाशित गरेको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण