दोस्रो सातामा बढ्यो ‘आमा’ को शो
काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘आमा’ र ‘सेन्टी भाइरस’ दोश्रो सातामा प्रवेश गर्न सफल भएको छ । पहिलो सातामा राम्रो दर्शक पाएको कारण दुबै फिल्म दोस्रो सातामा प्रवेश गर्न सफल भएको हो ।
फिल्म ‘आमा’ ले पहिलो साता भन्दापनि धेरै दोस्रो सातामा पाउन सफल भएको छ । फिल्मको माउथ पब्लिसिटी राम्रो भएको कारण पहिलो साता भन्दा दोस्रो साता राम्रो शो मिलेको हो । फिल्मको शनिबारको बुकिङ पनि राम्रो देखिएको छ ।
निर्देशक दीपेन्द्र के खनालले आज शुक्रबार फिल्मको व्यापार राम्रो रहेको भन्दै शनिबार आक्रामक हुने विश्वास व्यक्त गरे । दीपेन्द्रकै लेखन, छायाँकन र निर्देशन रहेको फिल्ममा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । शर्मिला पाण्डेले निर्माण गरेको यो फिल्मले तीन आमाको कथा बिषयबस्तु बनाएको छ ।
त्यस्तै ‘सेन्टी भाइरस’ पनि दोश्रो सातामा प्रवेश गरेको छ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो फिल्ममा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
छाया सेन्टर विवाद : संयुक्त राष्ट्र संघीय विज्ञहरूद्वारा चिन्ता व्यक्त
-
सहकारी ठगीको मुद्दा पेचिलो बनेपछि कांग्रेसले बोलायो संसदीय दलको बैठक
-
‘संसद्मा सहकारी ठग जोगाउने र कारबाही गर्ने पक्ष देखियो’
-
सहकारी नियमनमा किन कमजोर भयो स्थानीय सरकार ?
-
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले छाडेनन् निवास