छाया सेन्टर विवाद : संयुक्त राष्ट्र संघीय विज्ञहरूद्वारा चिन्ता व्यक्त
काठमाडौँ । काठमाडौँ ठमेलस्थित छाया सेन्टर विवादबारे संयुक्त राष्ट्र संघीय विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । छाया सेन्टर कमल पोखरीको जग्गा अतिक्रमण गरेर बनाइएको भन्दै विरोध गर्ने मानव अधिकारवादीहरुविरुद्ध जारी प्रतिशोधको खबरहरूप्रति चिन्ता व्यक्त गर्दै यूएनएचआरले विज्ञप्ति जारी गरेको छ । यस्ता कार्य निन्दनीय र अस्वीकार्य भएको विज्ञप्तिमा भनिएको छ ।
छाया सेन्टर बनाउँदा ऐतिहासिक कमलपोखरीको जग्गा मिचिएको थियो । यसबारे सर्वोच्चमा मुद्दा पनि चलिरहेको छ । यसका कारण प्रधान नेवार समुदायको दैनिक गतिविधि र सांस्कृतिक अभ्यासमा पनि खलल उत्पन्न भएको बताइएको छ । छाया सेन्टरमा करिब सय ओटा पसल खुलेका छन् । सिनेमा हल र रेस्टुराँहरू पनि सञ्चालित छन् । यहाँ अरू सय ओटा खुद्रा पसल खुल्ने क्रममा छ ।
कमल खोपखरीको जग्गा मिचेर छाया सेन्टर बनाएपछि सोको विरोधमा आदिवासी मानव अकिारवादी भगवत नरसिंह प्रधानले अभियान नै चलाइरहेका छन् । तर बेला बेलामा उनले धम्की पाइरहेका छन् । उनीमाथि सर्वोच्च अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर भएको छ । प्रधानसहित अन्य केही अभियन्ता र स्थानीयहरूले छाया सेन्टर भत्काएर पोखरीको जग्गा फिर्ता दिनु पर्ने अडान लिँदै आएका छन् । तर उनीहरूले बेला बेलामा धम्की खानु पर्ने स्थितिको पनि यूएनएचआरले चिन्ता व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण