संवैधानिक आयोगहरूमा सचिवस्तरका कर्मचारी पठाउन सक्ने अवस्था छैन : मन्त्री जोशी
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संवैधानिक आयोगहरूमा सचिव स्तरका कर्मचारी पठाउन सक्ने अवस्था नभएको बताएका छन् । बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा विभिन्न आयोगका पदाधिकारीहरूसँग भएको छलफलमा उनले यस्तो बताएका हुन् ।
मन्त्री जोशीले संवैधानिक आयोगहरूमा कर्मचारी अभावको कारण सह–सचिवहरूलाई सचिवको जिम्मेवारी दिने गरेको बताए । उनले आयोगहरूमा सह–सचिव जिम्मेवारी दिँदा समेत सामान्य खर्च बाहेकको बजेट र कार्यक्रम नहुने भएकाले आयोगहरूमा जान इच्छा नदेखाउने गरेको बताए । उनले सह–सचिवहरूलाई समेत काम दिन नसक्ने आयोगहरूमा सरकारले सचिवलाई पठाएर टिकाउन नसक्ने उल्लेख गरे । उनले आयोगहरूमा प्रदेशका मन्त्रालयहरूमा हुने जति पनि बजेट नहुने भएकाले सह–सचिव स्तरका कर्मचारीहरू प्रदेश सरकारका मन्त्रालयमा जान चाहने तर आयोगमा जान नचाहेको देखिएको बताए ।
मन्त्री जोशीले सरकारले संवैधानिक आयोगहरूमा छुट्टै विशेष ढङ्गले सोच्न आवश्यक रहेको बताए । उनले सरकारले विशेष ढङ्गले सोचेर सामान्य भूमिका बारेमा गम्भीर हुन जरुरी रहेको बताए ।
मन्त्री जोशीले निजामती कर्मचारी ऐन संसदबाट कानुन बनेर आएसँगै आयोगहरूमा अभाव रहेका कर्मचारीहरू व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण