लसुनको मूल्य आधा घट्यो
भारतीय लसुनको आयात हुन थालेपछि बजारमा लसुनको मूल्य आधा घटेको छ । चीनमा देखिएको कोरोना भाइरसका कारण चीन–नेपाल सीमानाका बन्द गरिएपछि व्यापारीहरूले लसुनको अभाव भएको भन्दै मूल्य बढाएका थिए । यसरी बढेको मूल्य अहिले भारतीय लसुनका कारण दिनप्रतिदिन घट्दै गएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार पुस अन्तिम साता चिनियाँ लसुनको थोक मूल्य प्रतिकिलो रू. २२० थियो । तर, आयात बन्द भएपछि व्यापारीहरूले आफूसँग भएको लसुन होलसेलमा प्रतिकिलो रू. ७ सयदेखि ८ सयसम्ममा बेचेको कालीमाटी तरकारी बजारका व्यवसायी रामबहादुर क्षत्रीले बताए । भारतीय लसुनको आयात हुन थालेपछि भने मूल्य घट्दै प्रतिकिलो रू. ४२० कायम भएको छ । त्यसैगरी भारतीय लसुनको मूल्य प्रतिकिलो रू. २८० रहेको छ ।
चीनबाट लसुन आयात हुन नसक्दा व्यापारीहरूले लुकाएर राखेको चिनियाँ लसुन अहिले बजारमा आउन समेत थालेको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण