लिडरले अरुले भन्दा परसम्म देख्न सक्ने क्षमता राख्नुपर्छः बाबुराम भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेतृत्वसँग दीर्घकालीन सोच र दृष्टि हुनुपर्ने बताएका छन् । होटल एम्बासडोरले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले अरुले गरेकै काम गर्ने लिडर नहुने र लिडरले अरुले भन्दा परसम्म देख्न सक्ने क्षमता राख्नुपर्ने बताएका हुन् ।
उनले धरैलाई मन पर्छ भनेर लोकप्रिय कुरा गर्ने मान्छेहरु कहिलेही पनि सफल लिडर बन्न नसक्ने बताए । उनले भने, ‘लिडर भनेको अरुले भन्दा परसम्म देख्ने हो र अरुले भन्दा पहिले देख्ने हो । अरुले गरिसकेको काम गर्ने, त्यो लिडर होइन । हामी कहाँ के छ भने धेरैलाई मन पर्छ भनेर पपुलिष्ट कुरा गर्छन् । त्यो लिडरै होइन । लिडर भएर अनपपुलर कुरा गर्न सक्नुपर्छ । सही साइन्टिफिक कुरा देश र समाजलाई हित हुने कुरा गर्न सक्नुपर्छ ।’
आफु प्रधानमन्त्री भएको बेला काठमाडौं उपत्यकालाई एक आधुनिक शहरमा परिर्वतन गर्ने महत्वकांक्षासहित सडक विस्तारका लागि गरेको निर्णय चौतर्फी विरोधका बाबजुद पनि सही निर्णय भएको स्मरण गर्दै उनले नेतृत्वले जहिले पनि समाज र राष्ट्रहित हुने निर्णय गर्न सक्नुपर्ने बताए ।
साँघुरा सडकलाई विस्तार गरी ट्राफिक जाम अन्त्य गर्नुको साथै शहरलाई सुन्दर बनाउने आकाँक्षासहित गरेको निर्णयले होटल एम्बासेडोरलाई पनि नोक्सानी पुर्याएपनि अहिले पुनर्संरचना पछि झन् राम्रो स्वरुपमा आएको भन्दै उनले त्यस कार्यलाई ‘क्रियटिभ डिस्टक्सन’ को संज्ञा दिए ।
भट्टराई प्रधानमन्त्री भएका बेला कंलकी, त्रिपुरेश्वर, कोटेश्वर हुँदै तिलगंगासम्म, त्रिपुरेश्वर, लाजिम्पाट, महाराजगञ्ज हुँदै बुढानिलकण्ठ जाने बाटो र कमलपोखरी हुँदै विमास्थल जाने बाटो विस्तारको समयमा यस होटलको केही भाग भत्काउनु परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण