‘चपली हाइट–३’ सस्पेन्स थ्रिलर टिजर सार्वजनिक
आइतबार, २५ फागुन २०७६, १२ : ४४
काठमाडौं । अर्जुन कुमारको निर्माण रहेको फिल्म ‘चपली हाइट–३’को टिजर सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक गरिएको टिजर सस्पेन्स थ्रिलर शैलीमा तयार गरिएको छ ।
१ मिनेट ४३ सेकेण्ड अवधिको टिजर हेर्दा फिल्म अभिनेत्री स्वस्तिमा खड्काको वरिपरि घुमेको अनुमान लगाउन सकिन्छ । टिजरमा अभिनेता अर्पण थापा पनि देखिएका छन् । फिल्म निकेश खड्काले निर्देशन गरेका हुन् ।
स्वस्तिमा र अर्पणको अलवा फिल्ममा सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, जीवन भट्टराई, लोकेन्द्र लेखक, विशाल पहारीलगायतका कलाकारको अभिनय समेटिएको छ ।
सुभाष भुषाल र अर्जुन कुमारको संगीत, अष्ट महर्जनको द्धन्द रहेको फिल्म अर्जुन कुमार फिल्मस्को ब्यानरमा फिल्म निर्माण भएको हो ।
फिल्म सन् २०१२ को सुपरहिट ‘चपली हाइट’को तेस्रो सिक्वेलको रुपमा निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
-
स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने