शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यालय हिँडेकी शिक्षिका मृत अवस्थामा फेला

मङ्गलबार, २७ फागुन २०७६, १७ : १७
मङ्गलबार, २७ फागुन २०७६

-रामहरि श्रेष्ठ 
ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका ५ प्रप्चामा एक शिक्षिकाको शव फेला परेको छ ।  मंगलबार बिहान स्कुल जान भनी घरबाट हिँडकी स्थानीय शिक्षिका २७ वर्षीय हिरा कार्कीको शव बारीको कान्लामुनि मृत अवस्थामा फेला परेको हो । स्थानीय पेशल प्राविमा अध्यापन गराउँदै आएका कार्कीको बाटोबाट करिब १० मिटर तल बारीको कान्लामुनी शव फेला परेको वडाअध्यक्ष टंकनाथ दाहालले बताए । उनले कार्कीको शवलाई स्थानीयले घोप्टो परेको र मुखबाट रगत बगेको अवस्थामा फेला पारेको प्रतिकृया दिए । कार्कीको लडेर वा अन्य के कारणले मृत्यु भएको हो भन्ने खुलेको छैन । 

घरबाट करिब २ घन्टाको पैदलयात्रापछि पुगिने विद्यालयमा उनी दैनिक रुपमा सोही बाटो ओहोरदोहोर गर्दै आएकी थिइन् । जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक मिलन बस्नेतका अनुसार घटना शंकास्पद रहेको छ । लडेर उनको मृत्यु भएको भनिएपनि सानो कान्लाबाट लडेर मृत्यु भएको हो या हैन भन्ने बिषयमा अनुसन्धान पछि खुल्ने उनले प्रतिकृया दिए । प्रहरीले मुचुल्का संकलन गरी पोष्टमार्टमका लागी शव जिल्ला ल्याउने तयारी गरिरहेको छ । मृतक कार्कीका दुई वर्षका छोरा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप