मुक्तिनाथ विकास बैंकमा बचत खाता खोल्दा डिम्याट खाता निः शुल्क
काठमाडौं– मुक्तिनाथ विकास बैंकमा बचत खाता खोलेमा बैंकको सहायक कम्पनीको रुपमा रहेको मुक्तिनाथ क्यापिटलमा निःशुल्क हितग्राही खाता (डिम्याट खाता) खोल्न सकिने भएको छ ।
निक्षेपकर्ताहरुको विभिन्न वित्तिय आवाश्यकताहरु पुरा गर्दै बैंकसँगको कारोबारलाई थप दीर्घकालीन तथा मजबुत गराउन साथै बचत खाताहरुमा नविनतम सुविधाहरु प्रदान गर्दै जाने योजनाअनुरुप कुनै पनि नयाँ बचत खाता खोलेको अवस्थामा बैंकको सहायक कम्पनीको रुपमा रहेको मुक्तिनाथ क्यापिटलमा निःशुल्क हितग्राही खाता (डिम्याट खाता) खोल्न सकिने ब्यवस्था मिलाइएको बैंकले जनाएको छ ।
देशभर सञ्चालनमा रहेका कुनै पनि शाखा कार्यालयमा ग्राहक स्वंयम उपस्थीत भई आवश्यक कागजपत्र बुझाएको २४ घण्टा भित्र हितग्राही खाता उपलब्ध गराइने ब्यहोरा समेत बैंकले जनाएको छ । भौतिक सेयर प्रमाणपत्र लाई अभौतिकरण गर्न ग्राहकबाट अनुरोध भई आएमा मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सहकार्य गरी अभौतिकरण गर्न समेत सकिने छ । यो योजना सीमित अवधीको लागि मात्र लागु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज !
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि
-
मन्त्री तामाङलाई किरातीले बुझाए ‘३ ढोकाको ९ चाबी’