रौतहटमा पुरानै प्रश्नपत्रबाट वार्षिक परीक्षा
रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा शिक्षा क्षेत्रमा चरम लापरवाही देखिएको छ । नगरक्षेत्र अन्तर्गतको सवै विद्यालयमा पुरानै प्रश्नपत्र प्रयोगगरी कक्षा १ देखि ९ सम्मको परीक्षा सञ्चालन गरिएको छ ।
नगरपालिका अन्तर्गतका ३२ वटा विद्यालयमा गत वर्षको प्रश्नपत्रको आधारमा परीक्षा गराइरहेको एकजना अभिभावक परमेश्वर यादवले बताए । नगरशिक्षा संयोजक बुनिलाल यादवले गैरजिम्मेवारपूर्ण तरिकाले हजारौँ विद्यार्थीको भविष्यसँग खेलवाड गरिरहेको अभिभावक यादवको भनाइ छ ।
परीक्षा सञ्चालनका निमित्त नगरपालिकाबाट प्राप्त रकम खर्च नगरी अनियमितता गर्ने मनसायले पुरानै प्रश्नपत्र प्रयोग भइरहेको अभिभावकहरुको आरोप छ ।
पछिल्ला तीन दिनदेखि अंग्रेजी, नेपाली र विज्ञान विषयको परीक्षा पुरानै प्रश्नबाट लिईएको छ । लगातार तीन दिन अक्षरसः पुरानै प्रश्नपत्रको प्रयोग भएपछि अभिभावकहरुले घटना सार्वजनिक गरेका छन् ।
हजारौँ विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने संयोजक यादवमाथि कडा कारवाही हुनुपर्ने अभिभावकहरुको माग छ ।
शिक्षा संयोजक यादवले प्रेसको गल्तीले यस्तो हुन गएको जनाए । रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जिल्ला शिक्षा समन्वय ईकाईमार्फत नियमानुसार कडा कारवाहीको पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
फतुवा बिजयपुर नगरपालिकाका मेयर गोपालप्रसाद यादवले पटक पटक गल्ती गर्ने संयोजक यादवलाई पदमुक्त गर्ने जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण