कोरोना भाइरसको समाधान बताउनेलाई १ लाख पुरस्कार दिने मोदीको घोषणा
सोमबार, ०३ चैत २०७६, २३ : ४३
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको समाधान बताउने जो कोहीलाई एक लाख पुरस्कार दिने घोषणा गरेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीले कोरोना संक्रमणको समाधानको उपाय(औषधी) ल्याउन सके सो पुरस्कारको घोषणा गरेका हुन् ।
मोदीले ट्वीटमार्फत भनेका छन्, ‘धेरै व्यक्तिहरु कोभिड–१९ का लागि प्रविधिमार्फत समाधानहरु साझेदारी गरिरहेका छन् । म उनीहरुलाई @mygovindia मा आफ्ना सुझावहरु साझेदारी गर्न अपिल गर्छु । तपाईको प्रयासले धेरै सहयोग पुर्याउन सक्छ ।’ प्रधानमन्त्री मोदीले यसको छेउमा #indiaFightscorona पनि लेखेका छन् । मोदीले विजेतलाई १ लाख नगद दिने समेत उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व सङ्कलन
-
हिमालको स्वाद संकटमा : क्यान्जेनको याक चिज जोगाउन सकस (तस्बिरहरू)
-
युक्रेनी आक्रमणले रुसी अर्थतन्त्र र समाजमा असर पारेको छ : भ्लादिमिर पुटिन
-
बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
-
सेफ सन्तोष साह धनुषाबाट पक्राउ
-
नेकपाको कार्यविभाजनप्रति कालिकोटमा असन्तुष्टि, साबिक समाजवादीले बोलायो छुट्टै बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण