अस्पताल भर्ना भएका डा भट्टराईको स्वास्थ्य अवस्था सामान्य, आज डिस्चार्ज
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि भट्टराई बुधबार साँझ शहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा भर्ना भएका थिए ।
समाजवादी पार्टीका केन्द्रीय सदस्य रोशन पोखरेलले भट्टराईको स्वास्थ्य परीक्षण गराउँदा सबै रिपोर्ट सामान्य आएकाले केहीबेरमा डिस्चार्जको तयारी भएको बिहीबार दिउँसो रातोपाटीलाई जानकारी दिए ।
‘गंगालालमा एन्जियोग्राफी गराउँदा सामान्य रहेको र उक्त परीक्षण पश्चात हस्पिटलमै आराम गर्दा राम्रो हुने चिकित्सकको राय अनुसार अस्पतालमै रहनु भएको हो’, उनले भने, ‘उहाँको केहीबेरमै डिस्चार्ज हुँदैछ ।
भट्टराई स्वास्थ्यमा समस्या देखिएपछि बुधबार साँझ टोखास्थित निवासबाट गंगालाल पुगेका थिए ।
गंगालाल अस्पतालको बसाइको क्रममा उनले नेकपा नेता नारायणकाजी श्रेष्ठ समूहलाई लक्षित गरेर कडा ट्वीट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण