कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि ६ वटा कार्यदल गठन
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम न्यूनीकरणका लागि विभिन्न ६ वटा कार्यदल गठन गरेको छ ।
शनिबार राति सम्पन्न कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले ६ वटा कार्यदल गठन गरेको हो । कार्यदल समिति मातहत नै रहनेगरी गठन गरिएको अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिए ।
उनका अनुसार स्वास्थ्य सामग्री आपूर्तिका लागि स्वदेशभित्र काम गर्ने गरी स्वास्थ्य मन्त्रालयको संयोजनमा एउटा कार्यदल गठन गरिएको छ । यस्तै देशबाहिरबाट स्वास्थ्य सामग्री खरिदका लागि परराष्ट्रमन्त्रालय मार्फत काम अघि बढाइने उनले बताए ।
बजेट व्यवस्थापन अर्थ मन्त्रालयले गर्नेछ भने आपूर्ति अनुगमनलाई व्यवस्थापन गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको संयोजकत्वमा अर्को कार्यदल गठन गरिएको छ ।
यस्तै राजनीतिक तथा सामाजिक समन्वयका लागि कृषिमन्त्रीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।
क्वारेन्टाइन केन्द्रका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको संयोजकत्वमा कार्यदल र बनाइएकाे छ भने निर्णय/निर्देशन कार्यान्वयनको अवस्थामा विषयमा अनुगमन रक्षाममन्त्रालले गर्नेछ ।
यस्तै सञ्चार समन्वयको जिम्मा सञ्चार मन्त्रालयलाई दिइएको छ । यसैगरी भारतसँगका सीमा नाका बन्द गर्ने विषयमा पनि कुटनीतिक माध्यमबाट भारत सरकारसँग कुरा भइरहेको खतिवडाले जानकारी दिए ।
यसअघि सरकारले चैत ९ देखि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने, अन्तराष्ट्रिय उडान आवागमनमा प्रतिबन्ध लगाउने तथा चैत १० देखि लामो दूरीको यात्रुबाहक सवारी सञ्चालनमा रोक लगाउनेलगायतका विभिन्न निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण