चिकित्सक आन्दोलनले वीरगञ्जका सम्पूर्ण स्वास्थ्य संस्था ठप्प
वीरगञ्ज– बिरामीका आफन्तले कुटपिट गरेको विरोधमा वीरगञ्जका सरकारी तथा निजी अस्पताल, क्लिनीक र नर्सिङ होमको सेवा बन्द गरेर चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । चिकित्सकहरु बुधबारबाट सेवा बन्द गरेर आन्दोलनमा उत्रिदा उपचारका लागि आएका बिरामीहरु अलपत्र परेका छन् ।
गत शनिवार वीरगन्जको एडभान्स हस्पिटलमा डा.सन्जयकुमार अग्रवाललाई बिरामीका आफन्तले कुटपिट गरेको विरोधमा नेपाल चिकित्सक संघले बुधबार र बिहीबार बिहानसम्मका लागि सम्पूर्ण स्वास्थ्य संस्था बन्द गराएको हो । नारायणी उपक्षेत्रीय अस्पतालमा आकस्मिक तथा आइसीयू बाहेकका अन्य सबै उपचार सेवा तथा निजी क्लिनिक र नर्सिङ होमहरुमा आकस्मिकसहितका सबै सेवा बन्द गरिएको छ ।
संघले नारायणी उपक्षेत्रीय अस्पताल, नेशनल मेडिकल कलेज, वीरगन्ज हेल्थ केयर, गण्डक हस्पिटल, भवानी हस्पिटल, कृष्णा हस्पिटल, शाह नर्सिङ होमका र यहाँका करिब २ सय ५० जना चिकित्सकहरुको निजी क्लिनीकहरु बुधबारदेखि बन्द गरेको हो ।
एडभान्समा कार्यरत डा. सन्जयकुमार अग्रवाललाई गत शनिवार बिहान बिरामीका आफन्तहरुले कुटपिट गरेको र उक्त व्यक्तिलाई प्रशासनले कारवाही नगरी छाडेकाले विरोधस्वरुप संघको आह्वानमा वीरगञ्जका सम्पूर्ण चिकित्कसहरु आन्दोलनमा उत्रिएको संघका अध्यक्ष डाक्टर जगदीश अग्रवालले बताए ।
डाक्टर अग्रवाललाई कुटपिट गर्ने वीरगन्ज लक्ष्मणवाका बैजु झालाई प्रहरीले शनिवारै पक्राउ गरेको भएपनि कारवाहि नगरी सोही दिन साँझ छोडेको अध्यक्ष अग्रवालले बताए । दोषीलाई कारवाहीको माग गर्दै पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेललाइ गत आइतवार ज्ञापनपत्र बुझाएकोमा प्रशासनले गम्भिरता नदेखाएको चिकित्सकहरुको गुनासो छ ।
यता, निमित्त प्रमुख जिल्ला अधिकारी पौडेलले आन्दोलनमा रहेका चिकित्सकलाई वार्ताका लागि बोलाइएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण