सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

चिकित्सक आन्दोलनले वीरगञ्जका सम्पूर्ण स्वास्थ्य संस्था ठप्प

बुधबार, १४ भदौ २०७४, १७ : १४
बुधबार, १४ भदौ २०७४

वीरगञ्ज– बिरामीका आफन्तले कुटपिट गरेको विरोधमा वीरगञ्जका सरकारी तथा निजी अस्पताल, क्लिनीक र नर्सिङ होमको सेवा बन्द गरेर चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । चिकित्सकहरु बुधबारबाट सेवा बन्द गरेर आन्दोलनमा उत्रिदा उपचारका लागि आएका बिरामीहरु अलपत्र परेका छन् । 

गत शनिवार वीरगन्जको एडभान्स हस्पिटलमा डा.सन्जयकुमार अग्रवाललाई बिरामीका आफन्तले कुटपिट गरेको विरोधमा नेपाल चिकित्सक संघले बुधबार र बिहीबार बिहानसम्मका लागि सम्पूर्ण स्वास्थ्य संस्था बन्द गराएको हो । नारायणी उपक्षेत्रीय अस्पतालमा आकस्मिक तथा आइसीयू बाहेकका अन्य सबै उपचार सेवा तथा निजी क्लिनिक र नर्सिङ होमहरुमा आकस्मिकसहितका सबै सेवा बन्द गरिएको छ ।

संघले नारायणी उपक्षेत्रीय अस्पताल, नेशनल मेडिकल कलेज, वीरगन्ज हेल्थ केयर, गण्डक हस्पिटल, भवानी हस्पिटल, कृष्णा हस्पिटल, शाह नर्सिङ होमका र यहाँका करिब २ सय ५० जना चिकित्सकहरुको निजी क्लिनीकहरु बुधबारदेखि बन्द गरेको हो ।

एडभान्समा कार्यरत डा. सन्जयकुमार अग्रवाललाई गत शनिवार बिहान बिरामीका आफन्तहरुले कुटपिट गरेको र उक्त व्यक्तिलाई प्रशासनले कारवाही नगरी छाडेकाले विरोधस्वरुप संघको आह्वानमा वीरगञ्जका सम्पूर्ण चिकित्कसहरु आन्दोलनमा उत्रिएको संघका अध्यक्ष डाक्टर जगदीश अग्रवालले बताए ।

डाक्टर अग्रवाललाई कुटपिट गर्ने वीरगन्ज लक्ष्मणवाका बैजु झालाई प्रहरीले शनिवारै पक्राउ गरेको भएपनि कारवाहि नगरी सोही दिन साँझ छोडेको अध्यक्ष अग्रवालले बताए । दोषीलाई कारवाहीको माग गर्दै पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेललाइ गत आइतवार ज्ञापनपत्र बुझाएकोमा प्रशासनले गम्भिरता नदेखाएको चिकित्सकहरुको गुनासो छ ।

यता, निमित्त प्रमुख जिल्ला अधिकारी पौडेलले आन्दोलनमा रहेका चिकित्सकलाई वार्ताका लागि बोलाइएको जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमित अग्रवाल
अमित अग्रवाल

 अग्रवाल रातोपाटीका पर्सा जिल्ला प्रतिनिधि हुन् ।

लेखकबाट थप