सुनौली नाका बन्द
बुटवल । सरकारले छिमेकी मुलुकसँगका सीमा नाका बन्द गर्ने निर्णय गरेसँगै रुपन्देहीको सुनौली सुनसान भएको छ । दैनिक हजारौँ यात्री तथा सयौँ सवारी साधन ओहोर दोहोर गर्ने यो नाका सोमबार बिहान १० बजेपछि सुनसान बनेको हो ।
नेपाल सरकारले चीन र भारत दुवै देशका नाका बन्द गर्ने निर्णय गरेसँगै स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने सुनौली सुनसान बन्दै गएको हो ।
उक्त नाकामा मानिसको आवतजात निकै घटेको बेलहिया प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले बताए । उनले रातोपाटीसँग भने, ‘उताबाट आगमन रोकिएको छ । यताबाट भारततर्फ फाट्ट फुट्ट गइरहेका छन् ।’
ढुवानीका गाडीहरु भने चलिरहेका छन् । सीमा नाकामा यात्रुलाई आवतजावतमा रोक लगाएपछि बुटवलको बसपार्क सुनसानजस्तै बनेको छ । सरकारले लामो दुरीका सवारी साधान रोक्ने र भारतबाट आवागमन रोकिएपछि बुटवलको बसपार्क सुनसानजस्तै छ ।
आईतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले चीन र भारतसँग जोडिएका सबै सीमा नाकामा यात्रु आवागमन एक सातासम्म रोक्ने निर्णय गरेको थियो । सामान आयात निर्यात भने निर्वाध रुपमा चलिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण