डलरको भाउ अहिलेसम्मकै उच्च, अन्य देशको विनिमयदर कति ?
अमेरिकी डलरको भाउ अहिले सम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार खरिददर १२० रुपैयाँ बिक्रीदर १२० रुपैयाँ ६० पैसा रहेको डलर एकको भाउ मंगलबार बढेर खरिददर १२१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जारी गरेको विनिमयदरमा उल्लेख गरिएको छ ।
यस्तै, युरो एकको खरिददर १२९ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३० रुपैयाँ ५७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४० रुपैयाँ ११ पैसा र बिक्रीदर १४० रुपैयाँ ८० पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३९ पैसा र बिक्रीदर २७ रुपैयाँ ५२ पैसा रहेको छ।
यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३३ पैसा रहेको छ ।
र, युएई दिराम एकको खरिददर ३३ रुपैयाँ १४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३१ पैसा रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण