कोरोना भाइरसको डाटा ट्रयाक गर्ने नेपाली सिस्टम लन्च
प्रिक्सा टेक्नोलोजिजको ख.बर सोलुशनले कोरोना भाइरस (कोभिड १९) को संक्रमणसम्बन्धी विवरण हेर्न मिल्ने सिस्टम लन्च गरेको छ ।
जसअनुसार कोरोनानेपाल.लाइभ ( https://coronanepal.live) नामक पोर्टलमा गएर नेपालका साथै विश्वका अन्य देशको कुल संक्रमण, मृत्यु तथा निको भएकाको संख्या हेर्न सकिन्छ ।
यस सिस्टमको अगुवाई गर्ने प्रिक्सा टेक्नोलोजिजका सिईओ मनिष कुमार शर्मा भन्छन्, “कोरोना ट्रयाकर सिस्टमले नेपालको संक्रमण तथ्यांक हेर्न र सतर्क रहन मद्यत गर्छ । डाटालाई चित्रमा हेर्दा त्यसको महत्व बढ्ने हुनाले नेपालकै सिमा रेखांकन राखी यस सिस्टमको निर्माण गरेका छौँ ।”
यस सिस्टमले तथ्यांक मात्र नभई विभिन्न आधिकारिक नेपाली अनलाइन पोर्टलबाट कोरोना भाइरससम्बन्धी समाचार खोजेर समेत राखेको छ । यस सिस्टमलाई कम्पुटर, मोबाइल, ट्याब्लेट सबैबाट हेर्न मिल्ने पनि शर्माले बताए ।
अहिलेको लकडाउनको अवस्थामा यसले सही तथ्य सूचना तथा समाचार छिटो र छरितो रुपमा थाहा पाउन सहयोगी हुने प्रिक्साले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा