कोरोनाको आशंकामा मृत्यु भएका युवकको शव कसैले छोएन, श्रीमती ८ घण्टादेखि अस्पताल बाहिर अलपत्र
बुटवल । आइसोलेसनमा रहँदा मृत्यु भएका युवकको शव ८ घण्टा वितिसक्दा पनि उठाइएको छैन । कोरोना भाइरसको आंशकामा आइसोलेसनमा रहेका रुपन्देहीको सैनामना नगरपालिका वडा नम्बर ४ बस्ने ३४ वर्षीय बावुराम थापाको आज मृत्यु भएको थियो । मृत्यु भएको भएको ८ घण्टा बितिसक्दा समेत उनको शव नउठाइएको मात्र होइन उनकी श्रीमती रिता थापा अस्पताल बाहिर पीडामा छट्पट्टाईरहेकी छिन् । कोरोना सन्त्रासका कारण उनलाई बाहिर समेत कसैले सहयोग गरेका छैनन् ।
दिउँसो १२ बजे सैनामैना मुर्गीयाबाट हिँड्दै बुटवल आएकी रिता शव निकाल्ने आशामा साँझसम्म अस्पताल बाहिर कुरिरहेकी थिइन् । कोरोना लागेको आशंकामा आइसोलेसनमा राखिएका थापाको मृत्यु भएपछि शवलाई छुने आँट कसैले गरेका छैनन् भने परिवारलाई समेत अहिलेसम्म कुनै क्यारेन्टाइनमा राखिएको छैन् । यद्यपि उनलाई सैनामैनामा निर्माण गरिएको क्यारेन्टाईनमा राख्ने निणर्य भएको प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल र अस्पतालका फोकल पर्सन डा.सुर्दशन थापाले रातोपाटीलाई जानकारी दिएका छन् । पति वियोगमा रहेकी रिताले भने आफुलाए अस्पताल भित्र छिर्न नदिएको गुनासो पोखिन् । उनले भनिन्, ‘न मलाई कतै राख्ने कुरा भएको छ, न अस्पतालभित्र छिर्न दिइयो, म आतिएर साँझ जवरजस्त अस्पतालको गेटबाट भित्र छिरेकी छु । मलाई कतै राख्ने व्यवस्था गनुपरयो ।’
दुई सन्तानकी आमा उनले आफ्नो सन्तानलाई समेत साथमा ल्याइदिएर क्वारेन्टाइनमा राख्न आग्रह गरेकी छिन् । बैदेशिक रोगजारीका क्रममा लामो समय दुबई बसेका थापा केही दिनअघि नेपाल फर्किएका थिए । ज्वरो आएपछि १३ गते बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना हुन आएका उनलाई कोराना अस्पतामा आइसोलेसनमा राखिएको थियो । उनको स्वाव परीक्षणका लागि काठमाडौ पठाइएको तर रिपोर्ट आइनसकेको अस्पतालले जानकारी दिएको छ । मन्त्री बरालले रिर्पोट भोली दिउँसो दुई बजेसम्म आउन सक्ने सम्भावना रहेको बताए । मृत्तक थापाको डेरा सैनामैनामा अहिले दुई छोरा मात्र रहेको एक आफन्तले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण