ट्रम्पले पहिलो पटक स्विकार्दै भने, ‘अमेरिकामा कोरोनाका कारण १ लाख वा सोभन्दा बढीको मृत्यु हुनसक्छ’
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण ज्यान गुमाउनेका संख्या १ लाख वा सोभन्दा बढी पनि हुनसक्ने स्विकारोक्ति गरेका छन् । उनले आइतबार पहिलो पटक सो कुरा स्विकार्दै मृतकको संख्या १ लाख वा सोभन्दा कम भए आफूहरुले राम्रै काम गरेको मान्नुपर्ने बताएका छन् ।
अमेरिकाका संक्रामक रोगको उत्कृष्ट विशेषज्ञ डा. एन्थोनी फसीले सीएनएनसँग भाइरसका कारण एक लाख अमेरिकी जनताको मृत्यु हुने बताएका थिए । ट्रम्पलाई फसीको यही अनुमानबारे प्रश्न सोध्दा उनले सो कुरा स्विकारेका हुन् ।
आइतबार साँझ ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले आगामी अप्रिल ३० सम्मका लागि सोसल डिस्ट्यान्सिङ नियम लम्ब्याइएको जानकारी दिए ।
उनले भने, ‘हामीले कोभिड–१९ बारे कतिजनाको मृत्यु हुन्छ भन्नेबारे सटिक र प्रष्ट जानकारी पाएका छौं ।’
उनले थपे, ‘यदि हामीले केही पनि गरेनौं भने यो संख्या २० लाख पुग्नेछ ।’
यद्यपि, उनले ठ्याक्कै संख्या भने तोकेनन् । यसअघि फसीले अमेरिकामा कोरोना भाइरसको लाखौं संक्रमित देख्न सकिने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण