अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुका लागि आपतकालीन सहायता राहत कोष निर्माणार्थ सहयोगको अपील
प्रवासी नेपाली विद्यार्थी संगठन अस्ट्रेलिया इनकर्पोरेटेडले नेपाली राजदूतावास र एनआरएन अस्ट्रेलियासँग १-१ लाख अस्ट्रेलियन डलर र नेपाली एजुकेशन कन्सल्टेन्सी तथा कलेज व्यवसायीसँग ५ लाख अस्ट्रेलियन डलर जुटाइ दिनको लागि अपील गरेको छ ।
कोरोना भाइरसको प्रभावका कारण नेपाली विद्यार्थीहरु सबै भन्दा बढी प्रभावित परेको अवस्थालाई मध्यनजर गरि प्रवासी नेपाली विद्यार्थी संगठनले आर्थिक सहयोग संकलनको लागि अपील गरेको हो ।
कोरोना भाइरसको प्रभावका कारण काम नपाएका र काम गुमाएका नेपाली विद्यार्थीहरुको गुनासो दिन प्रतिदिन बढिरहेकाले सबै सरोकारवालासँग सहकार्य गर्ने गरी अपिल गरेको प्रवासी नेपाली विद्यार्थी संगठनका अध्यक्ष सम्राट वलीले बताए ।
अस्ट्रेलियामा रहेर नेपाली विद्यार्थीको हकहितका लागि भनि "प्रवासी नेपाली विद्यार्थी संगठन-अस्ट्रेलिया इनकर्पोरेटेड" संस्था मार्फत काम गरिरहेको बताउँदै उनले भने-यो विपत्तिको घडीमा अनेक अनेक समस्या छन् तर हामी केमा मात्रै केन्द्रित छौं भने आपतकालीन र छोटो समयका लागि राहत - नगदनै सहयोग गरौं भन्ने अभिप्राय रहेकाे छ ।
संकलित आर्थिक सहयोग वितरण राजदूतावासको रोहवरमा गर्नेगरी पहल भइरहेकाे उनले बताए ।
अस्ट्रेलियामा करिब ५५ हजारका हाराहारीमा नेपाली विद्यार्थी रहेकाे बताइन्छ ।
प्रवासी नेपाली विद्यार्थी संगठन - अस्ट्रेलिया इनकर्पोरेटेडको वैक खाता विवरण :
BSB : 062028
ACCOUNT NUMBER : 12002234
ACCOUNT NAME : Society Cheque Account
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा संसदीय दलको बैठक आज
-
सभामुखले प्रधानमन्त्रीसहित शीर्ष नेतासँग आज छलफल गर्दै
-
बेलायतमा भएको इंग्ल्याण्डसँगको फुटबलमा नेपाल २–० ले पराजित (फोटो फिचर)
-
डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दङ्ग
-
हिउँदे अधिवेशन : ठुला नेताबाटै संसदको उपेक्षा
-
नेपाली महिला फुटबल टोलीलाई एनआईसी एसिया बैंकको सम्मान, अन्जना ब्रान्ड प्रमोटर