अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुका लागि आपतकालीन सहायता राहत कोष निर्माणार्थ सहयोगको अपील
प्रवासी नेपाली विद्यार्थी संगठन अस्ट्रेलिया इनकर्पोरेटेडले नेपाली राजदूतावास र एनआरएन अस्ट्रेलियासँग १-१ लाख अस्ट्रेलियन डलर र नेपाली एजुकेशन कन्सल्टेन्सी तथा कलेज व्यवसायीसँग ५ लाख अस्ट्रेलियन डलर जुटाइ दिनको लागि अपील गरेको छ ।
कोरोना भाइरसको प्रभावका कारण नेपाली विद्यार्थीहरु सबै भन्दा बढी प्रभावित परेको अवस्थालाई मध्यनजर गरि प्रवासी नेपाली विद्यार्थी संगठनले आर्थिक सहयोग संकलनको लागि अपील गरेको हो ।
कोरोना भाइरसको प्रभावका कारण काम नपाएका र काम गुमाएका नेपाली विद्यार्थीहरुको गुनासो दिन प्रतिदिन बढिरहेकाले सबै सरोकारवालासँग सहकार्य गर्ने गरी अपिल गरेको प्रवासी नेपाली विद्यार्थी संगठनका अध्यक्ष सम्राट वलीले बताए ।
अस्ट्रेलियामा रहेर नेपाली विद्यार्थीको हकहितका लागि भनि "प्रवासी नेपाली विद्यार्थी संगठन-अस्ट्रेलिया इनकर्पोरेटेड" संस्था मार्फत काम गरिरहेको बताउँदै उनले भने-यो विपत्तिको घडीमा अनेक अनेक समस्या छन् तर हामी केमा मात्रै केन्द्रित छौं भने आपतकालीन र छोटो समयका लागि राहत - नगदनै सहयोग गरौं भन्ने अभिप्राय रहेकाे छ ।
संकलित आर्थिक सहयोग वितरण राजदूतावासको रोहवरमा गर्नेगरी पहल भइरहेकाे उनले बताए ।
अस्ट्रेलियामा करिब ५५ हजारका हाराहारीमा नेपाली विद्यार्थी रहेकाे बताइन्छ ।
प्रवासी नेपाली विद्यार्थी संगठन - अस्ट्रेलिया इनकर्पोरेटेडको वैक खाता विवरण :
BSB : 062028
ACCOUNT NUMBER : 12002234
ACCOUNT NAME : Society Cheque Account
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण