गृहमन्त्रीको निर्देशनले नेपालीहरु अलपत्र परेपछि छायाँ गृहमन्त्रीद्वारा ध्यानाकर्षण
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसद्वारा गठित छाया सरकारका गृहमन्त्री दिलेन्द्र बडूले भारत पिथौरागढको धार्चुलामा रहेको नेपालीलाई नेपाल प्रवेशको व्यवस्था मिलाउन सरकारको ध्यानाकषर्ण गराएका छन् ।
सीमा नाकामा अलपत्र नागरिकको सम्बन्धमा विहीबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभाका सांसद समेत रहेको बडूले स्थानीय तहसँग समन्वय गरी उनीहरुलाई नेपाल ल्याउन सरकारलाई सुझाव दिए ।
धार्चुलामा रहेका नेपालीलाई तत्काल नेपाल प्रवेश गर्न दिनुपर्नेमा बडूको जोड छ । साथै यत्रो दिनसम्म आफ्ना नागरिकलाई अलपत्र पारिएको भन्दै वर्तमान सरकार आफ्ना नागरिकका हक, अधिकारप्रति सचेत नरहेको बडूको आरोप छ ।
कोरोना भाईरस संक्रमण फैलिन नदिन भारतले गरेको लकडाउनका कारण भारतका विभिन्न सिमानाकाहरुमा अलपत्र परेका नेपाली मजदुरहरुलाई सरकारले उद्दार गर्नुको सट्टा कानमा तेल हालेर बसेको उनले बताए ।
उनीहरुको स्पष्ट अभिलेख राखी सुरक्षित रुपले सम्बन्धित ठाउँमा पुर्याई क्वारेन्टाइनमा राख्ने व्यवस्था वर्तमान सरकारले तत्काल गर्नु पर्नेमा उनले जोड बताए ।
सरकारको निर्णयले नागरिकलाई दिनानुदिन महाकाली तरेर नेपाल प्रवेश गर्न बाध्य बनाएको भन्दै उनले स्पष्ट अभिलेख राखी पुल मार्फत उनीहरुलाई तत्काल क्वारेन्टाइनमा राख्न नेपाल ल्याउनु पर्ने बताए ।
सरकारले मानवताको न्युनतम संबेदनशिलतालाई समेत महसुस गर्न नसकेको उनको भनाइ छ । उनले दार्चुला प्रशासनसँग सीमा नाकामा अलपत्र परेका नागरिकलाई सम्बन्धित गाउँपालिका र नगरपालिकामा अनिवार्य क्वारेन्टाइनमा पठाउने व्यवस्था गर्न माग गरे ।
नेता बडूले दार्चुलाका लागि ‘पूर्वाधार विकास साझेदारी कार्यक्रम’ अन्तर्गत आलु आर्थिक वर्षमा विनियोजित रकम छ करोड रुपैयाँ अहिलेको परिस्थितिमा नागरिकको जीवन रक्षाको प्रयोजनका लागि खर्च गर्दा सदूपयोग हुने भन्दै आजैका मितिदेखि खर्च हुन बाँकी रकम कोरोना संक्रमण रोकथामका लागि प्रयोग गर्न पनि प्रस्ताव गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराजको फिल्ममा ‘इकु’
-
बागमती संसदीय समितिको सभापतिमा जुटेन सहमति
-
विश्वासको मत लिनका लागि मधेसका मुख्यमन्त्रीले थाले छलफल
-
भियतनामबाट आए १८० जना बुद्धिस्ट पर्यटक
-
जसपा गठन सन्दर्भमा सर्वोच्च अदालतको आदेश न्यायोचित छः अध्यक्ष राई
-
हिमालय क्षेत्रमा हुने घटनालाई विश्वव्यापी बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री