विराजको फिल्ममा ‘इकु’
काठमाडौँ । ‘इकु’को रुपमा चर्चित हास्यकलाकार सुलेमान शंकर फिल्म ‘१२ गाउँ’मा भित्रिएका छन् । विराज भट्टको निर्माण, निर्देशन रहने फिल्ममा उनी कमेडी भूमिकाको लागि भित्रिएका हुन् ।
विराजले सामाजिक सञ्जालमा सुलेमानसँगको एक तस्बिर पोष्ट गर्दै लेखेका छन्, ‘सुलेमान शंकर ‘इकु’लाई १२ गाउँ फिल्ममा अब दर्शकले हेर्न पाउनेछन् । उहाँलाई हामीले एउटा महत्त्वपूर्ण पात्रको लागि फिल्ममा अनुबन्धित गरेका छौ ।’
पछिल्लो समय म्युजिक भिडियो र टेलिसिरयलमा देखिँदै आएका सुलेमानले ‘इकु’, ‘इकु २’लगायत केही फिल्म समेत निर्माण गरेका छन् । उनी पछिल्लो समय ‘इकु’को तेस्रो सिक्वेल निर्माणको तयारी गर्दैछन् । अहिले पटकथा लेखन कार्य भइरहेको यो फिल्मको निर्माण नेपाली, भोजपुरी र हिन्दी भाषामा गर्ने उनको योजना छ ।
‘१२ गाउँ’मा विराजको छोरा समीर, पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराई मुख्य भूमिकाको लागि छानिएका छन् ।
एक्सन–थ्रीलर विषयमा बन्न लागेको फिल्मको छायांकन नेपाल र भारतमा हुने बताइन्छ । भट्टले केही वर्ष अगाडि ‘साङ्लो’ फिल्मबाट निर्देशकमा डेब्यु गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण