एनआरएन अस्ट्रेलियाद्वारा २०० जना विद्यार्थीलाई एक साताका लागि खानाको व्यवस्था
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले २ सयजना विद्यार्थीलाई एकसाताको लागि खानाको व्यवस्था गरेको छ । संघले प्रतिव्यक्ति ४० डलरका दरले एक हप्तालाई पुग्ने खाना आपूर्ति गरेको हो ।
नेपाली विद्यार्थीको बाक्लो उपस्थिति रहेको अस्ष्ट्रेलियामा उनीहरुको समस्यालाई मध्यनजर गर्दै एनआरएनएले सहयोग गरेको जनाएको छ । सहयोगका लागि अनलाइन फर्मको निर्माण गरिएको र अहिलेसम्म ८ सय जनाको सहयोगका निम्ति आवेदन परेको एनआरएनएका अध्यक्ष कुमार पन्तले जानकारी दिए ।
सहयोगका लागि अस्ट्रेलियामा दूतावास संरक्षक, संघका अध्यक्ष संयोजक, १५ वटा स्थानीय संघसंस्था उपसंयोजक तथा अन्य १५० संघसंस्था सदस्य रहेको एक राहत समिति निर्माण गरिएको छ । सो समितिमा सहयोगका लागि आवेदन दिने अन्यलाई पनि समेटिँदै लगिने बताइएको छ ।
हालसम्म सहयोगका लागि २० हजार डलरको राहतकोष स्थापना गरिएको र थप २० हजार डलर थपिने क्रममा रहेको पन्तले जानकारी दिए । एनसीसी अस्ट्रेलियाले नेपालमा पीपीई लगायत अत्यावश्यक सामग्री पठाउन रु ५ लाख अन्तर्राष्ट्रिय समन्वय परिषदमा योगदान गरेको पनि बताएको छ ।
यो संकटपूर्ण घडीमा आफै जोखिम मोलेर सहायताका लागि जुट्ने र अन्य प्रकारको योगदान गर्ने सम्पूर्णप्रति एनआरएनएले आभार प्रकट गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीमा हावाहुरीसहित वर्षा, कस्तो हुन्छ रातभरको मौसम ?
-
प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
-
फेरि हुँदैछ असंवैधानिक खेल, गोलचक्करमा सरकार
-
अशोक राईले भने– असन्तुष्टि चुलिँदै गएपछि नयाँ पार्टी बनाउनुपर्यो
-
आयोगले जनता समाजवादी पार्टी दर्ता भएको संसद् सचिवालयलाई गरायो जानकारी
-
हिरासतमै छँदा अस्पताल भर्ना हुन सिफारिस अनिवार्य