बलिउड फिल्म निर्माताकी छोरीमा देखियो कोरोनाभाइरको संक्रमण, पूरा परिवार क्वारेन्टिनमा
चेन्नई एक्सप्रेस र रा–वनजस्ता फिल्मका निर्माता करिम मोरनीकी छोरी शाजामा कोरोनाभाइसको संक्रमण पुष्टि भएको छ । त्यसपछि उनलाई मुम्बईको नानावटी अस्पतालमा आइसोलेशन वार्डमा भर्ना गरिएको छ र पूरा मोरानी परिवारलाई क्वारेन्टिनमा राखिएको छ । स्पटबोयको खबर अनुसार यो कुराको पुष्टि बीएमसीकी अधिकारी रेणु हंशराजले गरेकी हुन् ।
शाजाले विदेश यात्रा गरेकी थिइनन्ः
करिम मोरानीका अनुसार शाजा न त विदेश गएकी छिन् न नै विदेशबाट फर्किएका कुनै व्यक्तिसँगको सम्पर्कमा छिन् । यस्तोमा उनको कोरोनाभाइरस परीक्षण पेजेटिभ आउनु अचम्मको कुरा भएको उनी बताउँछन् । रिपोर्टका अनुसार शाजाको स्थिती स्थिर छ । परिवारले उनी चाँडै नै निक भएर घर फर्किने दाबी गरेका छन् । मोरानी परिवारका अन्य सदस्यको पनि कोरोनाभाइरस परीक्षण गरिनेछ ।
बलिउडमा दोस्रो घटनाः
बलिउडमा कोरोनाभाइरसको यो दोस्रो घटना हो । यसअघि ‘बेबी डल’ ‘चिटिया कलैया’ जस्ता गीतकी गायिकामा कोरोनाभाइरसको परीक्षण पोजेटिभ आएपछि लखनउको संजय गान्धी पोष्ट ग्रेजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्समा भर्ना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण