परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अस्ट्रेलियाका विदेशमन्त्रीबीच टेलिफोन वार्ता
सोमबार, २४ चैत २०७६, १३ : ४१
अस्ट्रेलिया । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले आज आफ्नो समकक्षी अष्ट्रेलियाका विदेशमन्त्री सेनेटर होन मारिस पाइनसँग टेलिफोन वार्ता गरेका छन् ।
अस्ट्रेलियाका विदेशमन्त्री, सेनेटर होन मारिस पाइनसँग ज्ञवालीले पर्यटकहरूको स्वदेश फिर्तीलगायतका विषयमा कुराकानी गरेको क्यान्बेरास्थित नेपाली राजदूतावासले जानकारी गराएको छ ।
उक्त टेलिफोन वार्तामा अष्ट्रेलियामा रहेका पर्यटक भिसामा रहेका नेपाली नागरिकहरुको सुरक्षा लगायतको विषयमा पनि छलफल भएको बताइएको छ ।
त्यसैगरी नेपाल वायुसेवा निगमकाे अस्ट्रेलिया उडानऽ नेपाली विद्यार्थीको समस्या लगायतबारे समेत छलफल भएको थियो ।
सो क्रममा नेपाल-अष्ट्रेलिया कूटनीतिक सम्बन्धको ६० औं वर्षको अवसरमा शुभकामना आदानप्रदान पनि भएको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसरी सञ्चालनमा ल्याउन सकिन्छ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ?
-
जसपा नेपालको संसदीय दलको बैठक बालकुमारीमा
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
-
रौतहटको गैँडाटारबाट अवैध काठ बरामद
-
बुटवल उपमहानगरले विना टेन्डर सडक निर्माण गरेपछि अख्तियारको टोली फिल्डमा
-
बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक