परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अस्ट्रेलियाका विदेशमन्त्रीबीच टेलिफोन वार्ता
सोमबार, २४ चैत २०७६, १३ : ४१
अस्ट्रेलिया । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले आज आफ्नो समकक्षी अष्ट्रेलियाका विदेशमन्त्री सेनेटर होन मारिस पाइनसँग टेलिफोन वार्ता गरेका छन् ।
अस्ट्रेलियाका विदेशमन्त्री, सेनेटर होन मारिस पाइनसँग ज्ञवालीले पर्यटकहरूको स्वदेश फिर्तीलगायतका विषयमा कुराकानी गरेको क्यान्बेरास्थित नेपाली राजदूतावासले जानकारी गराएको छ ।
उक्त टेलिफोन वार्तामा अष्ट्रेलियामा रहेका पर्यटक भिसामा रहेका नेपाली नागरिकहरुको सुरक्षा लगायतको विषयमा पनि छलफल भएको बताइएको छ ।
त्यसैगरी नेपाल वायुसेवा निगमकाे अस्ट्रेलिया उडानऽ नेपाली विद्यार्थीको समस्या लगायतबारे समेत छलफल भएको थियो ।
सो क्रममा नेपाल-अष्ट्रेलिया कूटनीतिक सम्बन्धको ६० औं वर्षको अवसरमा शुभकामना आदानप्रदान पनि भएको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण