कपिलवस्तुमा आइसोलेसनमा राखिएका बिरामीको मृत्यु
बुटवल । कोरोना आशंकामा कपिलवस्तु अस्पतालको आइसोलेशनमा उपचारत एक बिरामीको मृत्यु भएको छ । शुक्रबारदेखी अस्पतालको आइसोलेसनमा राखिएका कपिलवस्तु विजयनगर गाउँपालिका– २ जलैयाका ३० वर्षीय गोबद्र्धन भरको आज साँझ ८ बजे मृत्यु भएको अस्पतालका मेडिलक सुपरिटेन्डेन्ट डा. किशोर बन्जाडेले जानकारी दिए । फोक्सो र मुटुले काम गर्न छाडेपछि भरको मृत्यु भएको उनले जानकारी दिए । भरको स्वाब परीक्षणका लागि बुटवलमा ल्याइए पनि अझै रिपोर्ट आइनसकेको उनले बताए ।
ज्वरो र खोकी आउने तथा छाती दुख्ने गरेपछि भरलाई चन्द्रौटास्थित स्थानीय मेडिकलमा उपचार गराइएको थियो र त्यहाँ उपचार हुन नसकेपछि कपिलवस्तु अस्पताल पठाइएको थियो । भरको शवलाई अस्पतालको फ्रिज घरमा राखिएको छ । रिपार्ट आएपछि मात्र शवलाई परिवारको जिम्मा लगाइने बन्जाडेले बताए । यसअघि बुटवल कोरोना अस्पतालमा पाल्पा घर भई हाल रुपन्देहीको सैनामैना बस्ने ३४ वर्षका बावुराम थापाको पनि मृत्यु भएको थियो । थापाको रिपोर्ट नेगेटिभ आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण