निर्वाचन व्यवस्थित बनाउन वीरगञ्जमा सरोकारवालाबीच छलफल
शुक्रबार, १६ भदौ २०७४, १३ : २६
पर्सा– वीरगञ्जस्थित मुख्य निर्वाचन कार्यालयमा जिल्लाका राजनितिक दलहरुसँग निर्वाचनबारे छलफल भएको छ ।
छलफलमा आचारसंहिता पालना, उम्मेदवारी दर्ता, भिड व्यवस्थापन र सुरक्षा लगाएतका विषयमा छलफल भएको हो ।
उम्मेदवारी दर्ताका दिन दलहरुले बाजा–गाजा र समर्थक सहित मुख्य निर्वाचन कार्यालयमा उपस्थित हुने हुँदा कतिजना कार्यालयभित्र जाने, समर्थकलाई कता राख्ने, समय व्यवस्थापन कसरी गर्ने जस्ता विषयमा कार्यालयले दलहरुसँग छलफल गरेको जनाएको छ ।
छलफलमा आचार संहिता उल्लंघनका घटनाहरु भईरहेको भन्दै अव त्यस्ता घट्ना नदोहोर्याउन पर्साका मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले आग्रह गरे ।
बैठकमा नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी, संघीय समाजवादी फोरम, राजपा, फोरम गणतान्त्रिक, फोरम लोकतान्त्रिक लगाएतका दलका प्रतिनिधिको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकपछि रामबहादुरको मुहारमा फिरेको खुसी
-
ढकमक्क फुलेका गुलमोहरमा लोभिए पर्यटक
-
चार वायु थप सक्रिय, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
प्रतिनिधि सभा बैठक : यस्तो छ आजको कार्यसूची ?
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?
-
म्यान्सिटीलाई हराउँदै क्रिष्टल प्यालेसले उचाल्यो एफए कपको ट्रफी, ग्वार्डिवला स्तब्ध