अष्ट्रेलियामा शेष घलेको कलेजले समस्यामा परेका विद्यार्थीका लागि छुट्टयायो १० लाख डलर
काठमाडौं । गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष एवम् अर्बपति डा.शेष घले र उनी पत्नी जमुना घलेले सञ्चालन गरेको मेलबर्न इन्स्च्यिुट अफ टेक्नोलोजी (एमआइटी) कलेजले कोरोना महामारीबाट प्रभावित विद्यार्थीहरुका लागि १० लाख डलरको सहयोग कोष स्थापना गर्ने भएको छ ।
एमआइटी कलेजले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विदेशी विद्यार्थीहरुको सहयोगार्थ उक्त कोष स्थापना गर्ने निर्णय गरेको हो । उक्त कोषमा जम्मा गरिएको रकम सोही कलेजमा एमआइटी अध्ययनरत विद्यार्थी वा फेडेरल युनिभर्सिटीको कोर्ष एमआइटीम अध्ययनरत विद्यार्थीहरुका लागि सहयोग गरिने जनाइएको छ ।
कोरोना महामारीका कारण समस्यामा परेका विदेशी विद्यार्थीहरुलाई लक्षित गरेर स्थापना गरिएको सो कोषमार्फत ५ सय डलरसम्म सहयोग गर्न सकिने कलेजले विज्ञप्तिमार्फत जानकारी दिएको छ । कलेजमा अहिले ४ हजारभन्दा बढी अध्ययनरत रहेका छन् । घले दम्पतिले स्थापना गरेको उक्त कलेज अष्ट्रेलियाको राम्रो कलेजमा गनिन्छ । घले केही वर्षअघि अष्ट्रेलियाको अर्बपति क्लबमा प्रवेश गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण