रौतहटमा सशस्त्र प्रहरीद्धारा गाँजा बरामद
रौतहट – रौतहटको गुजरा नगरपालिका–४ जंगलसैया नजिकै लालबकैया खोला छेउमा सशस्त्र प्रहरीको गस्तीटोलीले लागूऔषध गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी ११ नम्बर हेक्वा प्रमुख एसपी रविनराज कर्णजितको कमाण्डमा गएकोटोलीले गुजरा नगरपालिका ४ लालबकैया नदी किनारमा ९ किलो ५०० ग्राम गाँजा बरामद गरेको हो ।
लकडाउनको अवस्थाबारे गौर, बौधीमाई, बिजयपुर हुँदै जंगलसैयातर्फ अनुगमन गर्दै जाने क्रममा आइतवार साँझ एउटा नम्बर नखुलेको मोटरसाईकलमा एउटा पोका बोकेर एकजना मानिस सिम्रीटोलबाट पेटभरवा गाँउतर्फ गईरहेका थिए ।
प्रहरीको गाडी देखेपछि टाढैबाट पोका फालेर मोटरसाईकल चालक भागेपछि शंका लागेर चकजाँच गर्दा उक्त गाँजा बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी कर्णजितले बताए ।
बरामद गाँजा आज आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण