रौतहटमा सशस्त्र प्रहरीद्धारा गाँजा बरामद

रौतहट – रौतहटको गुजरा नगरपालिका–४ जंगलसैया नजिकै लालबकैया खोला छेउमा सशस्त्र प्रहरीको गस्तीटोलीले लागूऔषध गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी ११ नम्बर हेक्वा प्रमुख एसपी रविनराज कर्णजितको कमाण्डमा गएकोटोलीले गुजरा नगरपालिका ४ लालबकैया नदी किनारमा ९ किलो ५०० ग्राम गाँजा बरामद गरेको हो ।
लकडाउनको अवस्थाबारे गौर, बौधीमाई, बिजयपुर हुँदै जंगलसैयातर्फ अनुगमन गर्दै जाने क्रममा आइतवार साँझ एउटा नम्बर नखुलेको मोटरसाईकलमा एउटा पोका बोकेर एकजना मानिस सिम्रीटोलबाट पेटभरवा गाँउतर्फ गईरहेका थिए ।
प्रहरीको गाडी देखेपछि टाढैबाट पोका फालेर मोटरसाईकल चालक भागेपछि शंका लागेर चकजाँच गर्दा उक्त गाँजा बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी कर्णजितले बताए ।
बरामद गाँजा आज आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्ज नाकाबाट १० महिनामा एक खर्ब ५५ अर्बको पेट्रोलियम पदार्थ आयात
-
जेठ १९: दरबार हत्याको २४ औँ स्मृति दिवस
-
हुम्लामा दुई वटा सबस्टेसन निर्माण हुँदै
-
आईपीएल क्वालिफायर–२ः पञ्जाबको शानदार जित, उपाधीकालागि बेंगलुरुसँग भिड्ने
-
विदेशको कमाइ छाडेर कृषिमा रमाउनुभएका देउकुमार
-
अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !