शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु

शनिबार, ३० जेठ २०८३, १९ : १९
शनिबार, ३० जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ।
  • धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा विद्युतीय मतदान मेसिनमार्फत मतदान भइरहेको छ।
  • नेतृत्वका लागि चार जना चुनावी मैदानमा छन्।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। शनिबार धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा विद्युतीय मतदान मेसिनमार्फत मतदान भइरहेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार प्राविधिक तथा व्यवस्थापकीय तयारीका कारण मतदान निर्धारित समयभन्दा केही ढिला सुरु भएको हो। साँझ ५ बजेसम्म मतदान सञ्चालन गर्ने कार्यतालिका रहे पनि ढिलागरी भएको हो । 

मतदानमा सहभागी हुन मतदाता तथा प्रतिनिधिले पार्टीले उपलब्ध गराएको आधिकारिक फोटोसहितको परिचयपत्र र लेभी बुझाएको प्रमाणपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ।

यसअघि गत जेठ २६ गते हेटौँडामा सुरु भएको बागमती प्रदेश अधिवेशन प्राविधिक तथा व्यवस्थापकीय कारण देखाउँदै स्थगित गरिएको थियो। त्यसपछि निर्वाचन प्रक्रियासम्बन्धी सम्पूर्ण प्राविधिक तयारी पूरा गरी मतदान प्रक्रिया पुनः सञ्चालन गरिएको हो। नेतृत्वका लागि चार जना चुनावी मैदानमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप