एकपटक पुनः महिला पत्रकारमाथि भड्किए ट्रम्प
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प ह्वाइट हाउसमा आइतबार आयोजना भएको पत्रकार सम्मेलनमा महिला पत्रकारमाथि भड्किएका छन् ।
सीबीसी न्यूजकी ह्वाइट हाउस संवाददाता विजिया जिआंगले ट्रम्पलाई उनले अमेरिकी जनतालाई कोरोनाभाइरसको संक्रमणबारे पहिले नै किन चेतावनी दिनुभएन भनेर प्रश्न सोधेकी थिइन् ।
प्रश्नपछि ट्रम्पले विजियालाई सोधे, ‘तपाईं को हो ?’
विजियाले आफ्नो परिचत दिएपछि ट्रम्पले भने, ‘मानिसहरुलाई राम्रोसँग थाहा थियो कि कोरोनाभाइरसको संक्रमण फैलिरहेको छ तर मानिसहरु यसबारे कुरा गर्न चहिरहेका थिएनन् ।’
त्यसपछि विजियाले भनिन्, ‘अमेरिकी जनताले तपाईंबारे ठ्याक्कै यस्तै कुरा गरिरहेका छन् । तपाईंले मानिसहरुलाई त्यतिबेला नै चेतावनी दिनुपर्दथ्यो जब भाइरस डढेलोजस्तै फैलिरहेको थियो । त्यतिबेला फेब्रुअरीमा तपाईं हज्जारौं व्यक्तिसँग –याली गरिरहनुभएको थियो । तपाईंले यत्रो समय किन लगाउनुभयो ? तपाईंले मार्च १६ अघि नै सामाजिक दुरीको नियम किन लागू गर्नुभएन ?’
यसको जवाफमा ट्रम्पले भने, ‘मैले चिनियाँहरुलाई अमेरिका आउन रोकेको थिएँ ।’
यसमा विजियाले उनलाई भनिन्, ‘चिनियाँलाई मात्रै । सबैलाई होइन । चीनबाट फर्कने अमेरिकीमाथि प्रतिबन्ध लगाउनुभएन ।’
अब ट्रम्पले भिजियालाई रोक्दै भने, ‘यो बुझ्न सजिलो छ... रिल्याक्स... आफ्नो स्वर सानो बनाउनुहोस् । तपाईंले यो भन्नुहोस् कि जब मैले यात्रामा प्रतिबन्ध लगाएँ तब अमेरिकामा संक्रमणका कारण कतिजनाको मृत्यु भएको थियो ? तपाईंले यसबारे अनुसन्धान गर्नुपर्छ । मलाई लाग्छ त्यतिबेला एकजनाको पनि मृत्यु भएको थिएन । तपाईंले मलाई मेरो सही निर्णयका लागि धन्यवाद भन्नुपर्छ ।’
गत हप्ता पनि ट्रम्प सीबीएस न्यूजकी अन्य महिला पत्रकारमाथि भड्किएका थिए ।
पला रेडले ट्रम्पलाई उनले फेब्रुअरीमा संक्रमण रोक्नका लागि कस्ता कदम उठाएका थिए भनेर प्रश्न सोधेकी थिइन् । जवाफमा ट्रम्पले पलालाई ‘फेक’
बताउँदै आफूले फेब्रुअरीमा धेरैभन्दा धेरै कुरामा पहलकदमी गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण