२ नम्बर प्रदेशको चुनाव जित्ने रणनीति बनाउन माओवादीको बैठक वीरगञ्जमा
पर्सा–प्रदेश नम्बर दुईमा असोज २ गते हुने स्थानीय तहको चुनाव जित्नका लागि रणनीति बनाउन माओवादी केन्द्रको सचिवालयको बैठक पर्साकाे वीरगञ्जमा बसिरहेको छ ।
सो बैठकले दुई नम्बर प्रदेशमा हुने स्थानीय तहको चुनाव जित्ने रणनीतिमा छलफल गर्नुको साथै उम्मेदवारको पनि टुगों लगाउने एजेण्डा रहेको पर्सा जिल्ला इन्चार्ज उर्मिला आर्याले जानाकारी गराइन् ।
उनले भनिन्, धेरै ठाउँमा उम्मेदवारको टुंगो लागिसकेको छ, जहाँ जहाँ विवाद छ त्यहाँको लागि छलफल गरि आजको सचिवालय बैठकले टुगों लगाउने छ ।’
वीरगञ्जको विश्वा होटलमा बसेको बैठकमा पार्टी अध्यक्ष प्रचण्डसहित ९४ जना नेताको सहभागिता रहेको छ ।
जसमा प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, वर्षमान पुनः अनन्त, कृष्णबहादुर महारा, जनार्दन शर्मा प्रभाकर, प्रभु साह, गोपाल किराँती, देवेन्द्र पौडेललगायतका छन् ।
दुई नम्बर प्रदेशको एकमात्र महानगरपालिकामाथि सबै प्रमुख दलहरुको आँखा गडेको छ । महानगरपालिका जित्नका लागि दलहरुले विभिन्न रणनीतिहरु बनाइरहेका छन्, त्यसै अन्तर्गत माओवादी केन्द्रले पनि वीरगञ्जको मतदाताको मत तान्नका लागि रणनीति तहत त्यहाँ सचिवालयको बैठक राखेको हो ।
करिब एकसातादेखि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मधेशमै छन् ।
भारतसँगको मुख्य नाकामा रहेका वीरगञ्जमा चुनावी चहलपहल निकै तातिएको छ । पर्सामा एक महनगरपालिका, तीन नगरपालिका र १० वटा गाउँपालिका रहेका छन् ।
दोस्रो संविधानसभा चुनावमा पर्सामा एकसीट पनि हात पार्न नसकेको माओवादीले सो निर्वाचनमा १९ हजार १०२ मत ल्याएको थियो । जबकि त्यहाँ एकलाख ७० हजार तीनसय ३१ मत खसेको थियो ।
पाँचवटा निर्वाचन क्षेत्र रहेको त्यहाँ एमालेले तीन, काँग्रेसले दुई सीट जितेको थियो । तर यसपाली वीरगञ्जमा मात्र होइन, मधेशमै एक नम्बरको पार्टी बनाउनेमै भन्दै प्रचण्डसहित पार्टीका सचिवालय नै मधेशमा परिचालित भएको छ ।
माओवादीले वीरगंज महानगरमा रहबर अन्सारीलाई मेयर उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै पर्साका अन्य तीन नगरपालिका पोखरीया, पर्सा गढि र बहुदरमाईमा भने मेयर उपमेयरका उम्मेदवार टुंगो लगाइसकिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालद्वारा सगरमाथाको सफल आरोहण
-
कोशी प्रदेश सभाको अधिवेशन आजदेखि सुरु हुँदै
-
कोशी प्रदेश सरकारले सोमबार नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्ने
-
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीको आन्दोलन स्थगित, पाँच बुँदे सहमति
-
कम्युनिस्ट पार्टीमा सामूहिक र संस्थागत आर्थिक प्रणाली आवश्यक
-
‘सीमापार आतंकवादविरुद्धको लडाइँ’ बारे जानकारी दिन भारतीय प्रतिनिधिमण्डल विभिन्न देश जाने