ट्रम्पले भने, ‘६० दिनका लागि स्थगित हुनेछ ग्रीनकार्ड'
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बेरोजगार अमेरिकी नागरिकलाई ध्यानमा राख्दै अन्य देशका नागरिकलाई अमेरिका प्रवेशमा ६० दिनको अस्थायी प्रतिबन्ध लगाएका छन् । साथै, ट्रम्पले अमेरिकी प्रशासनले ६० दिनका लागि ग्रीनकार्ड जारी नगर्ने पनि जानकारी दिएका छन् ।
ग्रीनकार्डमाथिको प्रतिबन्ध लगाउनुको कारण स्पष्ट पार्दै उनले भने, ‘सुरुमा अमेरिकी कामदारलाई ध्यानमा राख्नुपर्छ ।’
उनले भने, ‘कोरोनाभाइरस संक्रमणको प्रभाव र आफ्ना देशवासीलाई बचाउने अभियानमा अहिलेसम्म लाखौं अमेरिकीहरुको जागिर गुमेको छ । तसर्थ अमेरिकीलाई पुनः जागिर र कामको सुनिश्चित गर्नु सरकारको नैतिक कर्तव्य हो ।’
ट्रम्पले थपे, ‘अमेरिकी नागरिकको साटो प्रवासीलाई जागिर दिँदा यो ती अमेरिकीमाथि सरासर गलत र अन्याय हुनेछ जसको जागिर यो भाइरसका कारण गुमेको छ । हामी आफ्ना अमेरिकी कामदारलाई बचाउन चाहन्छौं र मलाई लाग्छ हामी जसरी अघि बढ्छौं हामी उनीहरुप्रति थप रक्षात्मक हुँदै जानेछौं ।’
ट्रम्पले उक्त प्रतिबन्धबारे पुनर्मुल्याङ्कन गर्ने र आवश्यक पर्दा यसलाई ३० दिन वा सोभन्दा बढीका लागि पनि बढाउन सकिने बताएका छन् । प्रवासी किसानसँग जोडिएको एक प्रश्नको जवाफमा ट्रम्पले भने, ‘यो आदेशको असर किसानमाथि हुनेछैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण