बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ राजनीतिक भाष्यको खोजी

बुधबार, १० वैशाख २०७७, ०९ : १३
बुधबार, १० वैशाख २०७७

-सिर्जना काफ्ले

कोरोनाले मानव जातिको बोलती बन्द गराइरहेको यो सङ्कटको समयमा विश्व परिदृश्यमा आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा तात्ताता लाभाहरु उम्लिरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई दिइँदै आएको सहयोग रोक्का गर्नु त्यही लाभाको मधुरो बाछिटा हो । उनले विश्व व्यापार सङ्गठन र संयुक्त राष्ट्र सङ्घकै सहयोगको बजेट रोक्का गरिदिए भने पन आश्चर्य नमाने हुने अवस्था छ । 
सोभियत सङ्घको पतनपछि अमेरिकीहरुको एकछत्र वैश्विक र राजनीतिक विचारधाराको बजारमा अहिले कोरोनाले ठूलो तोड पारिदिएको छ । फ्रान्सका लागि उड्न ठिक्क पारेको मास्क विमानस्थलबाटै लुटेर अमेरिका पुर्याउन अभिषप्त सीआईका एजेन्टहरुले आफैलाई हेर्दा कति पीडा महसुस गरेका होलान् ? नासादेखि साउदी राजासँग ट्रिलियन डलरको हतियारको ब्यापार गर्ने, वी आर फस्र्ट भन्ने अमेरिकीहरु मास्क चोरे भन्ने आरोप खेप्न बाध्य पारेको छ इतिहासको यो कालखण्डले । जमाल खसोग्जीको हत्याले उसको मानव अधिकारको मकुण्डो उत्रिसको छ । दम्भी र एकाङ्की ट्रम्पको कार्यशैली र गभर्नरहरुसँगको उनको तानाशाही चरित्र, महामारीप्रतिको अपव्याख्या अझ सङ्कटलाई बढाएको छ ।

 चिनियाँप्रतिको भद्दा मजाकले अब अमेरिकी मोडलको राजनीतिक प्रणालीमाथि प्रश्न गर्नुपर्ने अवस्था आएको छ ।  प्लेटो, एरिस्टोटलका शास्त्रीय परिभाषा हुँदै आजको आधुनिक राज्यको परिभाषासम्म आउँदा हामीले बुझ्नैपर्ने साधारण कुरा छ । राज्य भनेको सरकार मात्र होइन । राज्य भनेको भूगोल मात्र होइन, राज्य भनेको ढुङ्गा माटो मात्र होइन । राज्य भनेको जिम्मेवार शासक र उत्तरदायी जनता हुन् । कोरोना कहरका बेला सम्पन्न मुलुक अमेरिकाका ट्रम्पले देखाएको गैरजिम्मेवारीपन र हाम्रो जस्तो गरिब मुलुकका नेताहरुको चरित्र यी दुवैले केही विषयमा बहस गर्नुपर्ने स्थिति उत्पन्न गरेका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनालाई चिनियाँ भाइरस भनेका थिए । यसले अमेरिकी नागरिकलाई केही गर्दैन भन्ने मनोविज्ञानले कुनै तयारी गरेका थिएनन् । त्यतिबेला सजगता नअपनाएकाले अहिले अमेरिकामा यस महामारीको लप्कोले डढेलोसरि फैलिइरहेको छ । जसका कारण मानिसहरुको मृत्यु  भइरहेको छ । अमेरिकाका लागि सिङ्गो जीवन अर्पण गरेका र कर तिरेका नागरिकहरुको स्वास्थ्य अधिकारको रक्षा गर्न सकेनन् । बूढाखाडाहरु मरेर फरक पर्दैन भन्ने मनोवृत्तिले तयारी नगरेका भन्ने डरलाग्दा आरोहरु लागिरहेका छन् । उनी सिङ्गो विश्वको स्वास्थ्यप्रति संवेदनशील नभएको र केवल मुनाफाको कुरामा मात्र जोड दिएका छन् । उनी हरेक कुरालाई ब्यापारसँग जोडेर हेर्ने गरेको सञ्चारमाध्यमले उल्लेख गर्ने गरेका छन् । 

यो कुरालाई यो कुरालाई विश्व स्वास्थ्य सङ्गठनलाई असहयोग गरेको कार्यले प्रमाणित गरिदिएका छ । यस्तो सङ्कटको घडीमा देश भूगोल सबै बिर्सिएर मानवताको आधारमा युद्ध मोर्चामा सम्पूर्ण मानव समुदाय जुट्नुपर्ने हो । तर त्यस्तो हुन सकेन ।  हाम्रै मुलुकभित्र पनि कोरोनाले राजनीतिक नेतृत्वको चरित्रलाई उदाङ्गो पारिदिएको छ । त्यसको ज्वलन्त उदाहरण हो भारतमा मजदुरी गर्न गएका महाकाली पारि अएर अलपत्र परेका नेपालीको कन्तविजोग । आफ्नै जन्मभूमि टेक्न नपाउने ती नेपालीले के महसुस गर्दै होलान् । आफ्नै देशमा प्रवेश निषेधको अवस्था आइलाग्यो । राज्य भएर पनि उनीहरुको पीडा बुझिदिने जिम्मेवार शासक भएनन् ।

धेरैले बुझेको कुरा के हो भने देश बाहिरबाट आउनेहरुले कोरोना फैलाएका छन् । तर जनताकै नजिकमा रहेका भनिएका सङ्घीय सरकारले समेत आफ्ना मतदातालाई नेपाल प्रवेश गराई क्वारेन्टाइनमा राख्न सकेन । उनीहरु भारतीय भूमिमा भेडाबाख्राझैँ थुनिएर बस्न बाध्य छन् । 

सरकारले यो सङ्कटका बेला स्वास्थ्यकर्मीका लागि अत्यावश्यक सामग्री उपलब्ध गराउन सकेको छैन । स्वास्थ्य सामग्री खरिदकै समयमा भ्रष्टाचार भएको उदाङ्गो भइसकेको छ । सर्वसाधारण जनता यतिबेला सामानको मूल्यवृद्धिप्रति आपत्ति प्रकट गर्ने अवस्थामा छैनन् । उनीहरु स्वास्थ्यकर्मीहरु सुरक्षित होऊन् र आफूहरुलाई पनि बचाउन भन्ने मानसिकतामा छन् । उनीहरुको एउटै माग छ, सामान छिटो आओस् किनभने चीनमा सामान सर्टेज नै छ । नेपालका लागि चिनियाँ राजदूतले कति सामान चाहिने हो हामी सहयोग गर्छाैं भन्दाभन्दै पनि केही मानिसहरुको निहित उद्देश्यका लागि किनमेल नै गाँजेमाजे बनाएका छन् । आशा गरौँ आउला । 

सरकारको लकडाउन त सफल छ तर भोका नाङ्गा मजदुरहरुको समस्या बुझ्न कुनै प्रयास भएको छैन । श्रमिक, गरिब र शोषितहरुको प्रतिनिधि नेता भनेर चुनाव जित्नेहरुले अहिले  बेवास्ता गरेका छन् । सरकार कम्युनिस्टको छ, आफूलाई दुःखी गरिब जनताको सरकार हो भन्छ तर जनता भोकभोकै लालाबाला काखमा च्यापेर पैदल यात्रामा निस्केका छन् । 

ब्यारेकमा सेना मस्त सुतिरहेको छ । स्कुलका हजारौँ बस थन्किएका छन् । चाहिए हाम्रो बस लैजाओ भनेर मानिसहले भनिरहेका छन् । असिना पानी र झरीमा रुझ्दै साना नानी च्याँपेर राजधानी छोड्ने वर्गको कहीँ कतै पहुँच छैन । उनीहरु आफ्ना दुःख कसैलाई सुनाउने हैसियतमा छैनन् । यस्तो विडम्वनामा राज्यले उनीहरुको आवाज सुनिरहेको छैन । सहयात्री साथीहरु छन राज्यमा, किन यो विषयमा सम्बोधन गरिएको छैन ? के हामी चुनावताका गरेका सबै वाचा वन्धन, पार्टीका आदर्श घोषणापत्र बिर्सिएका हौँ । जनताको यो पीडामा किन तत्परता देखाउन सकेको छैन । 


कोरोनासँग लड्न राज्यकोषको व्यवस्थापन गर्ने समयमा सुकुम्बासी समस्या समाधान आयोग गठन गरिरहेको छ । अहिलेको मुख्य समस्या के हो ? ध्यान त्यता पो हुनुपर्ने । कोरोनापछिको सम्भावित भोकमरीका निम्ति पो सरकारको तयारी हुनुपर्ने । खोई त्यतातिरको तयारी ? यसर्थ सरकार ठीक ढङ्गले अघि बढिरहेको छैन । श्रमिकहरुलाई सम्बोधन गर्नुपर्ने, किसानहरुलाई उत्पादनका लागि प्रोत्साहन गर्नुपर्ने बेला हो यो । अहिले सम्बोधन नगरे भोलि एकैचोटि समस्या आइपर्छ । यसले सिङ्गो सरकार र उसको नेतृत्व गर्ने पार्टीलाई बदनामी बाहेक अरू केही गर्दैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा