प्रतिकिलो खसीको मासु कति ? यस्तो छ अचेल खसी बजारको अवस्था (भिडियो)
काठमाडौं । लकडाउन सूरु भएपछि राजधानीका मासुका पारखीहरुले प्रतिकेजी खसीको मासुलाई २ हजार रुपैयाँसम्म तिरेर किने । सामान्य अवस्थामा बढीमा प्रतिकिलो १२ सय रुपैयाँसम्म पर्ने मासुको भाउ एक किलोमा ८ सय सम्म बढाइयो ।
यसरी चर्को मूल्यमा मासु बिक्री गर्ने बानेश्वरको एक मासु पसललाई वाणिज्य विभागले २ लाख रुपैयाँसम्म जरिवाना तिरायो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन १ महिना पुग्न लागेको छ । यो बीचमा राजधानीमा रहेका खसी चौपाया बिक्री केन्द्रमा चहलपल पनि ह्वात्तै घट्यो ।
लकडाउन सुरु भएसँगै राजधानीमा रहेका खसीबोका बिक्री केन्द्रहरु पनि बन्द छए । बजारमा मासुको मूल्य ह्वात्तै बढेपछि बाणिज्य विभागले खसीको खरिदबिक्री गर्न निर्देशन नै दियो । खसीबोका ओसारपसारमा सवारी पास पनि नचाहिने भनेपछि बन्द भएको १० दिनपछि कलंकीमा रहेको खसीबजार पुनः सुरु गरेको काठमाडौं चौपाया खरिद बिक्री प्रालिका अध्यक्ष गणेशकुमार खड्काले जानकारी दिए ।

उनले भने–‘मासु पसलेहरुले आफैंले खसी खरिद गरेर मासु बिक्री गर्दा महँगो भएको भन्ने गुनासो आयो । वाणिज्य तथा आपूर्ति विभागले पनि खसीको कारोबार गर्न आग्रह गरेपछि हामीले खरिद बिक्री सुरु ग¥यौँ ।’
खसी चौपाया संख्या घट्यो भाउ उकालो लाग्यो
कलंकी खसी बजारमा पहिलेको सामान्य अवस्थामा दैनिक २५ सयसम्म खसीबोका बिक्री हुने गरेकोमा अहिले २ सय हाराहारीसम्म हुने गरेको छ । उपत्यका बाहिर टाढाबाट खसी ल्याउन नसकिने भएपछि अहिले काठमाडौं उपत्यका नजिकका जिल्लाहरु नुवाकोट, धादिङ, काभ्रे लगायतका क्षेत्रबाट ल्याउने गरिएको छ ।

अहिले जिउँदो खसीको मूल्यमा प्रतिकिलो १ सय सम्म बढेको छ । व्यापारीले भन्दा पनि किसानले नै भाउ बढाउन थालेको काठमाडौं चौपाया खरिदबिक्री प्रालिका अध्यक्ष गणेशकुमार खड्काले बताए । यसअघि जिउँदो खसीको ६ सय ५० रुपैयाँ पर्नेमा अहिले ७ सय २० रुपैयाँ हाराहारीसम्म पुगेको उनले बताए ।
जिउँदो खसीको मूल्य प्रतिकिलो ७ सय २० रुपैयाँ पर्दा तयारी मासुको १४ सय ५० रुपैयाँ प्रतिकिलो पर्न जाने उनको भनाई छ । बजारमा अहिले खसीको माग भने घटेको छैन । मासु पसलहरु, सुरक्षा निकायका कार्यालयहरुबाट दैनिकजसो खसी बोकाको अर्डर आउने गरेको छ ।
हेर्नुहोस् भिडियो:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण