चौतफी आलोचना बढेपछि ट्रम्पले भने, ‘मैले त मजाक गरेको थिएँ’
संसारभरी कोरोनाभाइसका लागि हाहाकार मच्चिएको छ । हालसम्म के भयो, आउनुहोस् यसबारे जानकारी लिऔंः
– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको उपचारका लागि अल्ट्राभोइलेट किरण वा डिस्इन्फेक्टेन्ट्सलाई शरीरमा सूईमार्फत् प्रवेश गराउने विषयमा अनुसन्धान हुनुपर्ने बताएका थिए । डाक्टरले यसले विनाशकारी नतिजा निम्त्याउन सक्ने बताउँदै यसको व्यापक आलोचना गरिरहेका छन् । ट्रम्पले अब आफ्नो उक्त बयानको विषयमा भनेका छन्, ‘मैले त मजाक गरेको थिएँ ।’
– अमेरिकामा मृतकको संख्या ५२ हजार पार भएको छ ।
– संसारभरी मुस्लिमको पवित्र महिना रमजानको सुरुवात भइसकेको छ । यद्यपि, थुप्रै देशमा मस्जिद बन्द छन् र सामाजिक दूरीको नियम पालना गरिँदै छ ।
– बेलायतमा प्रमुख कर्मचारीका लागि कोरोनाभाइरस परीक्षणको बुकिङ सरकारी वेबसाइटमा पुनः सुचारु भएको छ । यसअघि ‘अत्यधिक माग’ का कारण यो बन्द भएको थियो ।
– स्पेन र इटलीमा पाँच हप्तापछि पछिल्लो २४ घण्टामा सबैभन्दा कम मृत्यु भएको छ ।
– विश्वका विभिन्न नेताले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को एक कार्यक्रमको सुरुवात गरेका छन् जसमार्फत् भायरसका लागि अनुसन्धान, भ्याक्सिन, औषधी, परीक्षणको गती बढाइने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
