चौतारी भक्तपुरमा पहिलो पटक महिला नेतृत्व
आइतबार, १८ भदौ २०७४, ०८ : २०
भक्तपुर - प्रेस चौतारी नेपाल भक्तपुर शाखाको पहिलोपटक महिला नेतृत्वमा कार्य समिति चयन भएको छ । शनिबार बसेको जिल्लाको विशेष बैठकले कार्य समिति पुनःगठित गरेको हो ।
जसमका अध्यक्षमा कविता थापा, उपाध्यक्षमा रामचन्द्र प्रजापति, सचिवमा हेमराज ढकाल, सहसचिवमा चुडामणी पौडेल र कोषाध्यक्ष जितेन्द्र श्रेष्ठ चयन भएका छन् ।
कार्यसमिति सदस्यमा अञ्जना शिल्पकार, सविना केसी, चन्द्रकृष्ण श्रेष्ठ, लीला श्रेष्ठ, भगवती क्षेत्री, सविता हाडा र सरिना श्रेष्ठ चयन भएका छन् ।
शाखाको अध्यक्ष सोम शर्मा बजगाईं प्रेस चौतारीको केन्द्रीय सदस्यमा मनोनयन भएपछि नयाँ कार्य समिति चयन भएको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण